लण्डन । स्पेनिस फुटबलको शीर्ष प्रतियोगिता ला लिगामा सानदार जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाएको छ । आइतबार राती भएको खेलमा बार्सिलोनाले सेभियालाई ५-२ ले पराजित गरेको हो । घरेलु मैदान स्पोर्टिफाइ क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाको जितमा राफिन्हा नायक बन्नुभयो । उहाँले ह्याट्रिक गर्दै टोलीलाई सहज जित दिलाउनुभयो । यसका साथै डानी ओल्मो र जोआओ कन्सेलोले समान एक-एक गोल थप्नुभयो ।
सेभियाका लागि ओसो र डिजिब्री सोले एक-एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । बार्सिलोनाले खेलको सुरुदेखि नै दबाब बनाएको थियो । खेलको नवौं मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत् गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । २१औँ मिनेटमा उहाँले फेरि पेनाल्टीमै गोल गर्दै व्यक्तिगत दोस्रो गोल पूरा गर्नुभयो । त्यसपछि ३८औँ मिनेटमा ओल्मोले गोल थप्दा पहिलो हाफमै बार्सिलोना ३-० ले अघि बढ्यो ।
पहिलो हाफको इन्जुरी समयमा ओसोले सेभियाका लागि एक गोल फर्काउँदै अन्तर घटाएपछि खेल ३-१ को अवस्थामा पुगेको थियो । दोस्रो हाफमा पनि बार्सिलोनाले आक्रामक खेल जारी राख्यो । ५१औँ मिनेटमा राफिन्हाले आफ्नो ह्याट्रिक पूरा गर्नुभयो भने ६०औँ मिनेटमा कन्सेलोले गोल गर्दै टोलीलाई ५-१ को अवस्थामा पुर्याउनुभयो । खेलको अन्तिम समयमा डिजिब्री सोले सेभियाका लागि दोस्रो गोल गरे पनि त्यसले खेलको नतिजा बदल्न सकेन ।
जितसँगै २८ खेलबाट ७० अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा चार अंकले अघि बढेको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको समान खेलबाट ६६ अंक छ । पराजित सेभिया भने ३१ अंकसहित १४औँ स्थानमा रहेको छ । ला लिगाकै अर्को खेलमा रियल बेटिस र सेल्टा भिगोले १-१ को बराबरी खेले । एजेन्सी






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि