काठमाडौं । तुलसी घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘पहाड’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक चलचित्रको टिजरमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ ।
भाग्यरत्न फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको ‘पहाड’मा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायत कलाकारको अभिनय छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीको रूपमा दर्शकसामु ल्याउँदै हुनुहुन्छ । चलचित्रमा भारती घिमिरे क्रिएटिभ निर्माता रहनुभएको छ । यस्तै, चलचित्रको प्राविधिक टिममा घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हाल्नुभएको छ ।
चलचित्रलाई प्रमोद प्रधानले छायांकन गर्नुभएको छ । भारतमा चलचित्र, वेबसिरिज र टेलीफिल्मसमेत छायांकन गरिसक्नुभएका छायांकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’लगायत चलचित्रमा सहकार्य गर्नुभएको थियो ।
चलचित्रमा रञ्जित सिंह गजमेर संगीत निर्देशक रहनुभएको छ । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको यस चलचित्रमा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी निर्माता रहनुभएको छ । नेपालमा बैंकटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्मस्ले वितरण गर्ने यस चलचित्रको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । चलचित्रमा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शंकर कोइराला र भारती घिमिरेको सम्पादन छ । यो चलचित्र नयाँ वर्ष (वैशाख १) देखि सिनेमाघरमा प्रदर्शनको तयारीमा छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि