पोखरा । चलचित्र ‘जिरो डिग्री’ को छायांकन पोखराबाट आरम्भ गरिएको छ । पोखरा महानगरपालिका-१६ स्थित अर्मलाकोट मन्दिरमा शुभमुहूर्त गर्दै डार्क कमेडी शैलीको यस चलचित्रको छायांकन प्रारम्भ गरिएको हो ।
करिब ३५ दिनमा छायांकन सम्पन्न गर्ने लक्ष्य रहेको चलचित्रमा प्रकाश घिमिरे, विजय बराल, राजन भुसाल, शारदा सिलवाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी र लोकेन्द्र लेखकलगायत कलाकारको अभिनय रहनेछ ।
विदेशमा रहेका सन्तान नफर्किँदासम्म विकट गाउँमा आमाबुबाको शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ लैजाँदा उत्पन्न हुने विभिन्न उतार–चढाव र रमाइला घटनालाई कथावस्तु बनाइएको छ । चलचित्रको संयुक्त निर्देशन तथा पटकथा आकास बराल र साजन काफ्लेले गरेका हुन् भने कार्यकारी निर्माता मोती कार्की र छायांकन निशाल पौडेलले गर्नेछन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि