लस एञ्जलस । सन् २०२६ को ९८औं अस्कर अवार्डमा चलचित्र ‘वन ब्याटल आफ्टर एनदर’ उत्कृष्ट चलचित्र घोषित भएको छ । अमेरिकाको लस एञ्जलसस्थित डल्बी थिएटरमा नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न अवार्ड समारोहमा उक्त चलचित्रले उत्कृष्ट फिल्मसहित विभिन्न विधामा अवार्ड जित्दै यस वर्षको अस्करमा वर्चस्व जमाएको हो ।
उक्त चलचित्रका निर्देशक पल थोमस एण्डरसनले पनि यही चलचित्रबाट उत्कृष्ट निर्देशकको अवार्ड हात पार्नुभयो । राजनीतिक तनाव, सामाजिक द्वन्द्व र व्यक्तिगत संघर्षको पृष्ठभूमिमा बनेको यस चलचित्रले सत्ता, आन्दोलन र व्यक्तिको नैतिक निर्णयबीचको द्वन्द्वलाई चित्रण गरेको छ । प्रदर्शनपछि चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा व्यापक चर्चा बटुलेको थियो ।
यसवर्ष उत्कृष्ट फिल्म विधामा ‘सिनर्स’, ‘ह्याम्नेट’, ‘फ्रान्केनस्टाइन’, ‘के-पप डेमन हन्टर्स’ र ‘वेपन्स’लगायतका चलचित्र मनोनयनमा परेका थिए ।
अभिनयतर्फ ‘सिनर्स’का लागि माइकल बी जोर्डन उत्कृष्ट अभिनेता घोषित हुनुभयो भने ‘ह्याम्नेट’बाट जेसी बक्ली उत्कृष्ट अभिनेत्री बन्न सफल हुनुभयो । उत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि ‘सिनर्स’ ले नै जितेको छ । अन्तर्राष्ट्रिय फिचर फिल्मतर्फ नर्वेको ‘सेन्टिमेन्टल भ्यालु’ले अवार्ड जित्यो ।
प्रमुख अवार्ड विजेताहरूमा उत्कृष्ट फिल्म : ‘वन ब्याटल आफ्टर एनदर’, उत्कृष्ट निर्देशक : पल थोमस एन्डरसन-‘वन ब्याटल आफ्टर एनदर’, उत्कृष्ट अभिनेता : माइकल बी जोर्डन-‘सिनर्स’, उत्कृष्ट अभिनेत्री : जेसी बक्ली- ‘ह्याम्नेट’, उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म : ‘सेन्टिमेन्टल भ्यालु’ (नर्वे), उत्कृष्ट छायांकन : ‘सिनर्स’ उत्कृष्ट फिल्म सम्पादन : ‘वन ब्याटल आफ्टर एनदर’, उत्कृष्ट ध्वनि : ‘एफ वान’, उत्कृष्ट मौलिक गीत : ‘गोल्डेन’-‘के-पप डेमन हन्टर्स’, उत्कृष्ट मौलिक संगीत (ओरिजिनल स्कोर) : ‘सिनर्स’, उत्कृष्ट भिजुअल इफेक्ट्स : ‘अवतारः फायर एण्ड एश’, उत्कृष्ट वृत्तचित्र फिचर फिल्म : ‘मिस्टर नोबडी अगेंस्ट पुटिन’, उत्कृष्ट छोटो वृत्तचित्र : ‘अल द एम्प्टी रुम्स’, उत्कृष्ट अनुकूलित पटकथा : ‘वन ब्याटल आफ्टर एनदर’, उत्कृष्ट मौलिक पटकथा : ‘सिनर्स’, उत्कृष्ट एनिमेटेड फिचर फिल्म : ‘के-पप डेमन हन्टर्स’, उत्कृष्ट एनिमेटेड छोटो फिल्म : ‘द गर्ल हु क्राइड पर्ल्स’, उत्कृष्ट प्रोडक्सन डिजाइन : ‘फ्रान्केनस्टाइन’, उत्कृष्ट कस्ट्युम डिजाइन : ‘फ्रान्केनस्टाइन’, उत्कृष्ट मेकअप तथा हेयरस्टाइलिङ : ‘फ्रान्केनस्टाइन’, उत्कृष्ट कास्टिङ : ‘वन ब्याटल आफ्टर एनदर’ र उत्कृष्ट लाइभ-एक्सन छोटो फिल्म : ‘द सिंगर्स’ रहेका छन् । एजेन्सी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि