काठमाडौं । ‘नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान’ अन्तर्गत सञ्चालन हुँदै आएको मासिक कथावाचनको २८औं शृंखला विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । घट्टेकुलोस्थित वरिष्ठ स्रष्टा पुष्कर लोहनीको निवासमा रहेको ‘स्रष्टा सम्मिलन कक्ष’मा आयोजित कार्यक्रममा करिब तीन दर्जन स्रष्टाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वरिष्ठ कथाकार तथा नाटककार स्व.विजय मल्लको शताब्दी जयन्तीको सन्दर्भ पारेर विसं २०१७ मा प्रकाशित चर्चित यौनकथा ‘कालो चश्मा’को पूर्णपाठ वरिष्ठ स्रष्टा इन्दिरा प्रसाईंले वाचन गर्नुभएको थियो । कथावाचनपछि स्रष्टा समिना खनाल ‘पृथा’ र पवित्रा अधिकारीले क्रमशः साहित्यकार ताना शर्माद्वारा सोही कथामाथि गरिएको समीक्षा र वामदेव पहाडीद्वारा गरिएको प्रतिसमीक्षा वाचन गर्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ स्रष्टा प्राडा.भरतकुमार भट्टराई र प्रमोद प्रधानले कथासम्बन्धी विश्लेषणात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो । प्रारम्भिक मन्तव्य अभियानका परिकल्पनाकार पुष्कर लोहनीले राख्नुभएको थियो भने समापनका क्रममा अर्का परिकल्पनाकार वरिष्ठ स्रष्टा चन्द्रप्रसाद भट्टराईले अभियानले साहित्यिक क्षेत्रमा राम्रो स्थान बनाउँदै गएको बताउनुभएको थियो ।
यसै अवसरमा स्रष्टा उर्मिला पन्त पाण्डेयको कवितासंग्रह ‘कविताञ्जली’ को पनि लोकार्पण गरिएको थियो । २०२५ सालदेखि हालसम्म लेखिएका ५९ कविता समेटिएको उक्त कृति उहाँका पति हंशराज पाण्डेयले प्रकाशन गर्नुभएको हो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि