काठमाडौं । कस्तुरी फर्मास्युटिकल्सले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासनका लागि रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।
सो सम्बन्धी सम्झौतापत्रमा कस्तुरी फर्मास्युटिकल्सका अध्यक्ष प्रवेक खनाल र रिलायबल क्यापिटलका ग्रिष्म चालिसेले हस्ताक्षर गर्नुभएको छ ।
कम्पनीले करिब १६ करोड रुपैयाँ बराबरका १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्दैछ । आइपिओ निष्कासनअघि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्ने हुन्छ ।
बोर्डबाट स्वीकृतिपछि कम्पनीले सार्वजनिक निष्कासन प्रक्रिया अघि बढाउने जनाएको छ । कम्पनीका अनुसार, हाल प्रतिसेयर औसत आन्तरिक मूल्य ३१२.७० रुपैयाँ रहेको छ ।
आइपिओअघि कम्पनीले प्राइभेट प्लेसमेन्ट अफरिङमार्फत् पनि लगानी जुटाउने योजना बनाएको छ । कम्पनीले आगामी आर्थिक वर्ष २०८४/८५ सम्म प्रतिसेयर आम्दानी ३१.२९ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि