काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना अर्थात् माघसम्म झण्डै ३८ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार, माघसम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल ३८ अर्ब एक करोड ६६ लाख रुपैयाँ नाफा कमाएका हुन् । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ५.४० प्रतिशतले घटेको छ । गत वर्ष माघसम्म बैंकहरूले ३८ अर्ब आठ करोड ७९ लाख रुपैयाँ नाफा कमाएका थिए । १० वाणिज्य बैंकको नाफा बढेको देखिएको छ भने बाँकी १० बैंकको नाफा घटेको देखिएको छ । नाफा बढ्ने बैंकहरूको वृद्धिदर करिब ६.६२ प्रतिशतदेखि ३२९ प्रतिशतसम्म र नाफा घट्ने बैंकको गिरावट पाँच प्रतिशतदेखि ८४ प्रतिशतसम्म रहेको छ ।
१० वाणिज्य बैंकको नाफा बढेको देखिएको छ भने बाँकी १० बैंकको नाफा घटेको देखिएको छ । गत वर्ष माघसम्म बैंकहरूले ३८ अर्ब आठ करोड ७९ लाख रुपैयाँ नाफा कमाएका थिए ।
सात महिनामा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा रहेको छ । जसले पाँच अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ भने दोस्रो स्थानमा ग्लोबल आइएमई बैंकले चार अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको छ । कुमारी बैंकले तीन अर्ब १७ करोड र एभरेष्ट बैंकले दुर्ई अर्ब ५० करोड रुपैयाँ नाफा कमाएका छन् । दुर्ई अर्बभन्दा माथि नाफा कमाउने अन्य बैंकमा प्राइम बैंकले दुई अर्ब ३९ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब १९ करोड तथा एनएमबी बैंकले दुई अर्ब १३ करोड रुपैयाँ नाफा कमाएका छन् । सो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ८८ करोड, नेपाल बैंकले एक अर्ब ८५ करोड, सानिमा बैंकले एक अर्ब ७३ करोड र सिद्धार्थ बैंकले एक अर्ब ७० करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले एक अर्ब ५६ करोड, हिमालयन बैंकले एक अर्ब ३९ करोड, प्रभु बैंकले एक अर्ब ३६ करोड, माछापुच्छ्रे बैंकले एक अर्ब २४ करोड र नेपाल एसबिआई बैंकले एक अर्ब २० करोड रुपैयाँ नाफा कमाएका छन् ।
एक अर्बभन्दा कम नाफा कमाउने बैंकहरूमा कृषि विकास बैंकले ८५ करोड ९९ लाख, सिटिजन बैंकले ५७ करोड ६९ लाख तथा एनआइसी एसिया बैंकले ४४ करोड ३० लाख र सबैभन्दा कम लक्ष्मी बैंकको नाफा २४ करोड २७ लाख रुपैयाँ रहेको छ । नाफा बढाउनेमा कुमारी बैंक सबैभन्दा अगाडि देखिएको छ । कुमारीले गत आर्थिक वर्षको तुलनामा करिब ३२९.८७ प्रतिशतले नाफा बढाएको छ भने सिद्धार्थ बैंकको नाफा पनि ९९.५७ प्रतिशतले बढेको छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा ५२.४६ र नबिल बैंकको नाफा ३४.२१ प्रतिशतले बढेको छ भने माछापुच्छ्रे बैंकको २८.६३, सानिमा बैंक २६.२८ र नेपाल एसबिआई बैंकको १०.६१ प्रतिशतले नाफा बढेको छ । प्राइम बैंक, कृषि विकास बैंक र ग्लोबल आइएमई बैंकले भने थोरै नाफा बढाएका देखिएको छ । तर, लक्ष्मी सनराइज बैंकको नाफा सबैभन्दा धेरै ८४.७३ प्रतिशतले घटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ३६.१८ र सिटिजन बैंकको ३६.०९ प्रतिशतले घटेको छ भने प्रभु बैंक, नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनएमबी बैंक, हिमालयन बैंक, एनआइसी एसिया बैंक तथा एभरेष्ट बैंकको नाफामा पनि अघिल्लो वर्षको तुलनामा घटेको छ ।
विकास बैंकको नाफा चार अर्ब २० करोड
चालु आर्थिक वर्ष २०८२/०८३ को सात महिनामा विकास बैंकहरूले चार अर्बभन्दा बढी नाफा कमाएका छन् । सञ्चालनमा रहेका १७ विकास बैंकले चालु आर्थिक वर्षको माघसम्ममा चार अर्ब २० करोड १० लाख रुपैयाँ नाफा कमाएका हुन् । तर, उक्त नाफा गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा भने ४.१९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सो अवधिमा विकास बैंकहरूले चार अर्ब ३८ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका थिए । समीक्षा अवधिमा पाँच बैंकको नाफा घटेकोमा १२ वटा बैंकको नाफा बढेको छ । सर्वाधिक नाफा आर्जन गरेको मुक्तिनाथ विकास बैंकको नाफा ८२ करोड १५ लाख रुपैयाँ रहेको छ । जुन नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.५० प्रतिशतले बढी हो ।
त्यस्तै, गरिमा विकास बैंकको नाफा १४ प्रतिशतले बढेर ७७ करोड ९४ लाख, शाइन रेसुगा डेभलपमेन्ट बैंकको १६ प्रतिशतले बढेर ५१ करोड ८२ लाख र कामना सेवा विकास बैंकको १४.८० प्रतिशतले बढेर ४७ करोड ६० लाख रुपैयाँ पुगेको छ । त्यसैगरी ज्योति विकास बैंकको नाफा २६.३९ प्रतिशतले बढेर ३८ करोड ५६ लाख, सांग्रिला डेभलपमेन्ट बैंकको ३६.४२ प्रतिशतले बढेर ३५ करोड ७६ लाख, महालक्ष्मी विकास बैंकको साढे १५ प्रतिशतले घटेर २८ करोड ३४ लाख र लुम्बिनी विकास बैंकको १४ प्रतिशतले बढेर २६ करोड ४८ लाख रुपैयाँ रहेको छ ।
एक्सेल डेभलपमेन्ट बैंकको नाफा ६१ प्रतिशतले घटेर सात करोड १९ लाख, मितेरी डेभलपमेन्ट बैंकको तीन प्रतिशतले घटेर छ करोड ८० लाख, नारायणी विकास बैकको पाँच सय प्रतिशतले बढेर पाँच करोड १४ लाख, कर्णाली डेभलपमेन्ट बैंकको ९५ प्रतिशतले घटेर दुई करोड ९१ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको ३० प्रतिशतले बढेर दुई करोड ७३ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकको आठ सय ४२ प्रतिशतले बढेर एक करोड ९३ लाख र ग्रिन डेभलपमेन्ट बैंकको २३ प्रतिशतले बढेर एक करोड ७२ लाख रुपैयाँ रहेको छ भने सिन्धु विकास बैंकको नाफा एक करोड ५२ लाख र सालपा विकास बैंकको एक करोड ४२ लाख रुपैयाँ रहेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि