सन् २०२६ मार्च ५ देखि मार्च ७ सम्म भारतीय परराष्ट्रमन्त्रालय र अभजरभर रिर्सच फाउण्डेशनको संयुक्त तत्वावधानमा रायसिना संवाद नयाँदिल्लीमा समापन भएको छ । सन् २०१६ देखि आरम्भ भएको रायसिना संवाद ११औं शृंखलामा प्रवेश गरेको छ । वैदिक संस्कृति अनुरूप शास्त्रार्थको पेचिला र गहन मुद्दाहरूमा विर्मश गर्ने रायसिना संवादको थालनी भएको पाइन्छ । सन् २०२६ को रायसिना संवादमा ११० मुलुकहरूका प्रतिनिधि रहभागी भएका थिए । प्रमुख अथितिका रूपमा फिनल्याण्डका राष्ट्रपति एलेकजेन्डर स्टब रहेका थिए । एलेकजेनडर स्टब एक चर्चित लेखकसमेत हुन् । भखैरै स्टबले ‘जोमेट्री अफ पावर’ नामक किताब सार्वजनिक गरेर वर्तमान भूराजनीतिक अवस्थालाई आलोकित गरेका छन् ।
पृथक विचारलाई पृथक दृष्टिकोणबाट संश्लेषण र विश्लेषण गर्ने रायसिना संवादमा अमेरिकी डिपुटी सेकेट्री अफ स्टेट क्रिसोफर ल्याण्डु, इजरायलका परराष्ट्रमन्त्री, इरानका परराष्ट्रमन्त्री र विभिन्न क्षेत्रमा विज्ञले विश्वको मौलिक समस्यामाथि गन्थनमन्थन गरेर रायसिना संवादलाई महिमामण्डित गरेका छन् । कार्यक्रमका प्रमुख अथिति एलेकजेन्डर स्टबले वर्तमान भूराजनीति बहुध्रुवीयता (मल्टिपोलारिटी) र बहुपक्षीयता (मल्टी ल्याट्रिलजम)बीचको दूरीलाई मापन गरेका थिए । अर्थात् अमेरिकाले बहुध्रुवीयताको नाममा आफ्नो हैकम र दादागिरीबाट भूराजनीतिलाई प्रभावित गर्दै आएको तर्क स्टवको रहेको थियो ।
इजरायले यस युद्धलाई अन्तिम युद्धको रूपमा लिएको कुरा उनले उल्लेख गरेका थिए । वाद र प्रतिवादका बीच अमेरिकी सेकेट्री अफ स्टेटले इरानी शासकको गतिविधिले मानवीय मूल्य-मान्यता मर्माहित भएको कुरा उल्लेख गरेका थिए । वर्तमान युद्ध मानवीय मूल्य मान्यताको विपक्षमा भएको उनको तर्क रहेको थियो ।
साथसाथै बहुध्रुवीयतालाई निस्तेज र पराजित गर्न बहुपक्षीयतासमेत अगाडि बढिरहेको कुरा उनले उल्लेख गरेका थिए । तदनुरूप ब्रिक्स संघाई सहयोग संगठन अगाडि बढिरहेको कुरा उनले जिकिर गरेका छन् । रायसिना संवादमा मध्यएसियाको युद्धबाट पर्ने असरको बारेमा समेत चर्को बहस भएको पाइन्छ । रायसिना संवादलाई सम्बोदन गर्दै इरानका परराष्ट्र मन्त्रीले अमेरिकाको दादागिरीका कारणले मध्यएसियालाई युद्ध व्यहोर्नुपर्ने तर्क राखेका थिए । अर्थात् इरानले आफ्नो आणविक कार्यक्रमलाई विराम गर्ने संकेत दिँदासमेत इरानलाई युद्ध झेल्नुपर्ने कुरा उनले जिकिर गरेका थिए । इरानी परराष्ट्रमन्त्रीको तर्कप्रति इजरायलको परराष्ट्रमन्त्रीले आपत्ति प्रकट गर्दै इरान आतंकवादको कारखाना भएको जिकिर गरेका थिए ।
इजरायली परराष्ट्रमन्त्री अनुसार इरानद्वारा परिचालित भएका आतंकवादी संगठनहरू हिजबुल्ला, हुर्ती र हमासले मध्यएसियालगायत युरोप र अमेरिकामा समेत आतंकवादी गतिविधि चलाइरहेको कुरा उनले उल्लेख गरेका थिए । इजरायले यस युद्धलाई अन्तिम युद्धको रूपमा लिएको कुरा उनले उल्लेख गरेका थिए । वाद र प्रतिवादका बीच अमेरिकी सेकेट्री अफ स्टेटले इरानी शासकको गतिविधिले मानवीय मूल्य र मान्यता मर्माहित भएको कुरा उल्लेख गरेका थिए । वर्तमान युद्ध मानवीय मूल्य मान्यताको विपक्षमा भएको उनको तर्क रहेको थियो ।
इरानका तानाशाहले नारी स्वतन्त्रता र प्रजातन्त्रलाई पूर्णरूपमा ध्वस्त गरेर इरानलाई आतंकवादको कारखाना बनाएको उनको तर्क रहेको थियो । अमेरिकी नेताले अर्को सत्रमा अमेरिका-भारत सम्बन्धको बारेमा समेत आफ्नो अभिमत राखेका थिए । अमेरिका-भारतबीचको सम्बन्धलाई विभिन्न आयामका बारेमा चर्चा गर्दे विभिन्न आरोह र अवरोहलाई वार्ता र संवादद्वारा समाधान गर्ने उनको भनाइरहेको थियो । २१औं शताब्दीमा आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा भारत अब्ब्ल खेलाडी हुनसक्ने कुराको समेत उनले चर्चा गरेका थिए ।
रायसिना संवादमा हिन्द महासागरीय क्षेत्रमा बढ्दो तनाबका बारेमा समेत विर्मश भएको थियो । संसारको मुख्य व्यापारिक नाका भएको उक्त मार्गमा नै युद्धको प्रकोप बढेकोखण्डमा विश्व अर्थतन्त्र पूर्णरूपमा प्रभावित हुनसक्नेसमेत वक्ताहरूको रहेको थियो । हिन्द प्रशान्त क्षेत्रमा अमेरिकाले गठन गरेको कर्वाड (अमेरिका, अष्ट्रेलिया, जापान र भारत) को सक्रियतामा समेत प्रश्न गरिएको थियो । वक्ताको रूपमा अब्जरभर रिर्लच फाउण्डेशन अमेरिकाका निर्देशक ध्रुव जयशंकर (परराष्ट्रमन्त्री डा.जयशंकरका पुत्र) एक चर्चित लेखकसमेत हुन् । उक्त पुस्तक ‘विश्व शास्त्र’ ले निकै चर्चा पाएको छ । ध्रुव जयशंकरले आफ्नो अभिव्यक्रिमा विश्वका अनेकौं युद्ध सम्भावित क्षेत्रहरूका बारेमा चर्चा गरेका थिए ।
तीमध्ये अफगानिस्तान पाकिस्तान, मध्यएसिया, ल्याटिन अमेरिका र दक्षिण सागर प्रमुख रहेका थिए । ध्रुव जयशंकरले ताइवानको संकट बढेकाखण्डमा विशवको पहिलो अर्थतन्त्र अमेरिका, दोस्रो अर्थतन्त्र चीन, चौथो अर्थतन्त्र जापानलगायत अनेकौं महाशक्तिहरूको सिधा भिडन्त हुने सम्भावनामाथि प्रकाश पारेका थिए । रायसिना संवादमा विश्व व्यवस्था (वर्ल्ड आउडर)मा समेत चर्चा भएको थियो । वर्तमान परिवेशमा द्वितीय विश्वयुद्धको गर्भबाट जन्मेका संघ र संगठन पूर्णरूपमा निस्तेज भएको जिकिर मुख्य वक्ताहरूको रहेको थियो । अर्थात् संयुक्त राष्ट्र संघको छातामुनि रहेका विभिन्न संघ र संगठन पूर्णरूपमा असफल रहेको कुरा अभिव्यक्त भएको थियो ।
ट्रम्पको दोस्रो कार्यकालमा विशव व्यवस्था पूर्णरूपमा ओझेलमा परेको कुरा दक्षिण गोलार्द्धका अधिंकाश वक्ताले प्रष्ट पारेका थिए । रायसिना संवादमा अमेरिका र युरोपेली युनियनको सम्बन्धका बारेमा समेत विर्मश भएको थियो । अमेरिकी पक्षले आउने दिनमा युरोपले आफ्नो सुरक्षाको जिम्मेवारी आफैं लिनुपर्ने कुरा सार्वजनिक गरेका थिए । अमेरिकी करदाताको पैसाको भरमा युरोपको सुरक्षा प्रत्याभूत गर्ने अमेरिकाले अभिभारा नबोक्ने समेत अमेरिकी अधिकारीले तर्क राखेका थिए । युरोपेली युनियनले समेत युरोप पुँजी, प्रविधि र संशाधनमा अब्बल भएको र युरोपेली जीवनस्तर अमेरिकीमाथि सम्पन्न भएको कुरा जिकिर गरेका थिए । युरोपले आफ्नो सुरक्षाको जिम्मेवारी आफैं लिनसक्ने सामर्थ्य बोकेको कुरासमेत युरोपेली युनियनका प्रतिनिधिहरू अमेरिकी अभिव्यक्तिप्रति प्रतिवाद गरेका थिए ।
रायसिना संवादमा दक्षिण गोलाद्धका मुलुकहरूको समस्यामाथि समेत व्यापक विर्मश भएको थियो । रायसिना संवादका माध्यमबाट विश्वका मूर्धन्य व्यक्तिहरूले संसारको प्रमुख समस्या, चुनौती र समाधानका विषयमा संसारलाई अवगत गराएका थिए । आयोजकको रूपमा भारतका परराष्ट्रमन्त्री डा.जयशंकरले भारतले दक्षिण गोलार्द्धका भावनालाई प्रतिनिधित्व गरिरहेको कुरा तथ्यले पुष्टि गरेको कुरासमेत अभिव्यक्रि गरेका थिए । रायसिना संवादमा मध्यएसियाको संकटको दस्तुर गरिब देशहरूले व्याहोर्नुपर्ने कुरा आकलन गरिएको थियो । रायसिना संवादले शास्त्रको माध्यमबाट मानवको मौलिक समस्यालाई निरूपण गर्नुपर्ने निर्ष्कषमा पुगेको थियो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…