काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणको तयारी सुरु भएसँगै कसले शपथ गराउने भन्ने विषय चर्चामा आएको छ।
संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथ गराउने प्रचलन रहेको छ। यसअनुसार यसपटक अर्जुन नरसिंह केसीले सांसदहरूलाई शपथ गराउनु हुनेछ ।
उहाँलाई पहिले रामचन्द्र पौडेल ले शपथ गराउनेछन्। त्यसपछि उहाँले अन्य सांसदहरूलाई शपथ दिलाउने प्रक्रिया अघि बढाउनु हुनेछ।
शपथ नलिएसम्म कुनै पनि सांसदले सदनको कार्यमा सहभागी हुन नपाउने संवैधानिक व्यवस्था रहेकाले यो प्रक्रिया अनिवार्य मानिन्छ। नयाँ सभामुख चयन नभएसम्म संसद् बैठक पनि ज्येष्ठ सदस्यकै अध्यक्षतामा सञ्चालन हुने प्रावधान रहेको छ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि