संयुक्त राष्ट्रसङ्घ । मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर असर परिरहेको भन्दै संयुक्त राष्ट्रसंघले मानवीय सङ्कट झन् गहिरिँदै गएको चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालयले इरान र लेबनानमा स्वास्थ्य सेवा पूर्वाधारमा ठूलो क्षति पुगेको जनाएको छ । इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार इरानमा २३० भन्दा बढी स्वास्थ्य संस्था र ३० भन्दा बढी एम्बुलेन्स तथा स्वास्थ्य सेवा सवारी साधन क्षतिग्रस्त वा नष्ट भएका छन् । साथै केही स्वास्थ्यकर्मीको मृत्यु र घाइते भएको पनि जनाइएको छ ।
यसैबीच, लेबनानमा दुई साताको अवधिमा स्वास्थ्य सेवामाथि २८ वटा आक्रमण भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । ती घटनामा कम्तीमा ३० जनाको मृत्यु र ३५ जना घाइते भएका छन् ।
संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायहरूले प्रभावित नागरिकलाई सहायता उपलब्ध गराइरहेका छन् । विश्व खाद्य कार्यक्रम, शरणार्थीसम्बन्धी एजेन्सी र बाल कोषलगायत संस्थाले ८ लाखभन्दा बढी तातो खाना वितरण गरेका छन् । साथै कम्बल, म्याट्रेस, सुत्ने म्याट र अन्य आश्रय सामग्री पनि वितरण गरिएको छ ।
लेबनानको दक्षिणी क्षेत्रमा ठूलो सङ्ख्यामा मानिस विस्थापित भइरहेका छन् । सरकारी तथ्याङ्कअनुसार ८ लाख ३० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्, जसमा करिब २ लाख ९० हजार बालबालिका छन् ।
गाजामा पनि मानवीय अवस्था अत्यन्तै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । धुलोको आँधीका कारण सयौँ आश्रयस्थलमा क्षति पुगेको छ भने हजारौँ मानिस खुला आकाशमुनि बस्न बाध्य छन् ।
खाद्य आपूर्ति अवरुद्ध हुँदा गाजामा धेरै परिवारले खाना पकाउन फोहोर जलाउन बाध्य भएको विश्व खाद्य कार्यक्रमले चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसङ्घले गाजामा नियमित रूपमा खाना पकाउने ग्यास र अन्य आवश्यक सामग्री प्रवेश गर्न दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।
इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
युक्रेनले इरानी आक्रमणको बिरूद्ध खाडी सहयोग परिषद ९जीसीसी० राज्यहरूको समर्थन गर्ने पुष्टि गरेको छ । यसै बीच खाडी मुलुकहरू विरुद्धको इरानी सैन्य कारबाहीलाई तत्काल रोक्न र सबै प्रकारका आक्रमणको अन्त्यको आवश्यकतामा युक्रेनले जोड दिएको छ ।
जिसिसीका महासचिव जसिम मोहम्मद अल बुदैवीले युक्रेनका विदेश मामिला मन्त्री एन्ड्री सिबिहासँग गरेको फोन वार्ताको माध्यामबाट यो समर्थन पुष्टि भएको जनाइएको छ ।
यसै बीच जीसीसी राज्यहरूले र जोर्डनको हाशेमाइट राज्यमा इरानी आक्रमणको निन्दा गर्ने ऐतिहासिक संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव( २८१७ लाई प्रायोजन र समर्थन गर्न युक्रेनको प्रयासको प्रशंसासमेत गरेका छन् ।
यस अवसरमा साझा हितका लागि जीसीसी–युक्रेनी सम्बन्धलाई सुदृढ पार्ने तरिकाहरूबारे पनि छलफल भएको जनाइएको छ ।
-एजेन्सी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि