बागलुङ । बागलुङ नगरपालिकाले हिंसा पीडितलाई प्रावभकारी रुपमा सेवा प्रदान गरिरहेको छ ।
बागलुङ नगरपालिकाको हिंसा प्रभावितहरुको सेवा केन्द्रको दोस्रो चौमासिक अवधिमा जम्मा २६ पीडितहरुले सेवा पाएका छन् । हिंसापीडितहरुले दिएको २६ निवेदन उपर २२ फर्साेट भइसकेका छन् भने चार निवेदनमा छलफल भइरहेको छ ।
बागलुङ नगरपालिका मार्फत मंसिर, पौष, माघ र फागुन महिनामा उक्त निवेदन परेका थिए । निवेदनमध्ये शारीरिक हिंसा पीडित ३, मानसिक पीडित ४, आर्थिक पीडित ६, यौनजन्य पीडित ४, घरेलु हिंसा सम्बन्धी ६ र सम्बन्ध बिच्छेद ३ जनाले सेवा पाएका थिए । प्राप्त निवेदन मध्ये सोझै २५ र जिप्रकाबाट १ आएका थिए ।
सेवा केन्द्रबाट छलफल ५, तारेख १४, कानुनी सहायता ३, जिविकोपार्जन अनुदान २, यातयात १, लुगाफाटो १, आश्रय सेवा १५ जना, मनोपरामर्श १७, तीन वटा मुद्दा दर्ता, र जिप्रकामा तीन जनाको समन्वय गरिएको थियो । यसै गरी २२ विद्यालयमा मानसिक स्वास्थ्य तथा मनोपरामर्श सम्बन्धि अन्तरक्रिया समेत सम्पन्न गरिएको छ ।
पछिल्लो अवधिमा हिंसा प्रभावितहरु सोझै सेवा केन्द्रमा आउनु तथा समुदाय र विद्यालयहरुमा मनोविर्मश सेवाको पहुँच पुग्नु महत्वपूर्ण प्रगति रहेको नगर उप–प्रमुख एवं हिंसा प्रभावितहरुको सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक राजु खड्काले बताउनु भयो । मानसिक स्वास्थ्य तथा मनोपरामर्श सेवाबारे खुल्ला सचेतना जरुरी रहेको बताउदै विद्यालयहरुमा विद्यार्थी मनोपरामर्श कक्ष स्थापना गरी शिक्षकहरुलाइ पनि आधारभूत मनोविमर्श तालिम दिइने उप प्रमुख खड्काले बताउनु भयो ।
खड्काका अनुसार दोस्रो चौमासिक अवधिमा सेवा केन्द्र संचालनमा ७६ हजार खर्च भएको छ । खाद्यान्न, बैठक, तारेख, लुगाफाटो, मिलापत्र, टेलिफोन, कार्यालय संचालन, यातयात, मुद्दा दर्ता लगायतमा ७६ हजार खर्च भएको हो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि