खोटाङ। खोटाङमा हावाहुरीका कारण लाखौको क्षति भएको छ । चैत २ गते अपरान्हदेखि रातिसम्म आएको भीषण हावाहुरीका कारण १४ व्यक्तिको घरको छाना उडाउँदा १६ लाख ८० हजारको क्षति भएको छ ।
प्रहरी अधिकारीका अनुसार हालसम्म यकिन विवरण आएकामध्ये दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा कमेरेगाउँका केशव प्रसाद पराजुली, पराजुलीमोडका रमेश श्रेष्ठ, कुमार श्रेष्ठ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाकी सुनसरी राई, सोही नगरपालिकाको बाम्राङका पदम बहादुर कटुवाल, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी सिमपानीका हितमान परियार, कुमार ढकाल, बिजयखर्कका कुमार कामीको ढुुङगा माटोले बनेको फुस तथा टिनको छानो भएको छाना उडाएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका मेघे सार्कीको बासको बेरा टिनको छाना भएको, बसेरीका मनोज ढकाल, खाल्लेका सुगम गदाल, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका छविलाल सार्की, कमल बहादुर सार्की, मान बहादुर सार्कीको घरको छाना उडाएको छ। हावाहुरीले इलाका प्रहरी कार्यालय खोटाङबजारको पानी फिल्टर मेशिन लडाइदिदा तीन लाखको क्षति भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडास्थित सिर्जनशिल अंग्रेजी प्राथमिक विद्यालयको चार कोठाको छानो उडाउँदा ५० हजारको क्षति भएको छ ।
हावाहुरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित मुडेडाँडामा रहेको हलेसी एफएमको रिपिटर टावर भाँचिदिएको छ । टावर भाँचिदा रेडियोकोे प्रसारण सेवा बन्द भएको सञ्चालक समिति अध्यक्ष विष्णुकुमार राईले बताउनुभयो ।
जिल्लामा सोमबार साँझदेखी अवरुद्ध विधुत सेवा मंगलबार दिउँसोदेखि आंशिक रुपमा सुचारु भएको छ। प्रहरीको प्रारम्भिक विवरण अनुसार हलेसी तुवाचुङ नगरपालिकामा ३५ र दिपुङ चुईचुम्मा गाउँपालिकामा ६ वटा घरमा हावाहुरीले क्षति गरेको छ। अन्य विवरण आउँन बाँकी रहेको डिएसपी प्रकाश बुढाथोकीले बताउनुभयो ।
तस्वीर : हावाहुरीले भाँचेको हलेसी एफएमको रिपिटर टावर ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि