भोजपुर । जिल्लामा आएको हावाहुरीले व्यापक क्षति पुर्याउँदा सशस्त्र प्रहरी बल नेपाल का सुरक्षाकर्मीसमेत प्रभावित भएका छन्।
भोजपुर नगरपालिका–१२ कोटडाँडास्थित सशस्त्र प्रहरी बल नम्बर ५ गुल्म हेडक्वाटरको ब्यारेकका छाना उडाउँदा सुरक्षाकर्मीलाई बसोवासमा समस्या भएको छ। गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिब्यराज कोइराला का अनुसार सोमबार रातिको हावाहुरीसँगै वर्षात हुँदा समस्या झन् बढेको हो।
हावाहुरीले जिल्लाभरका भौतिक संरचनामा समेत ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुर का प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामा का अनुसार घर, विद्यालय, स्वास्थ्य संस्था, रेडियो टावर तथा नेपाल टेलिकम का टावरमा समेत क्षति पुगेको छ। हाल क्षतिको विवरण संकलन भइरहेको छ।
क्षतिको यकिन विवरण संकलन भएपछि राहतका विषयमा जिल्ला विपद् व्यवस्थापन समिति मा छलफल गरिने संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजन पौडेल ले जानकारी दिनुभयो।
यसैबीच, रामप्रसाद राई गाउँपालिका का अध्यक्ष थामबहादुर राई ले स्थानीय तहहरूले पनि राहत वितरण र क्षति विवरण संकलनको काम गरिरहेको बताउनुभयो।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि