काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पती शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिट मंगलवार पनि हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा एक जनाको बहस बाँकी रहेपछि हेर्दाहेर्दैमा राखिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूले जवाफी बहस गर्न बाँकी रहेको भन्दै बिहीवार आफ्नो बहस सकिएपछि आदेश आउने बताउनु भयो । अदालतले निर्णय सुनाउन अर्को मिति नतोकेको खण्डमा बिहीवार नै फैसला आउने सम्भावना रहेको त्रिपाठीको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘भोलि सार्वजनिक बिदा छ, पर्सि फेरि बेन्च बस्छ । अरु सबै बहस सकिसकेको छ । मेरो एक जनाको जवाफी बहसमात्रै बाँकी छ । अन्तिम फैसला समेत पर्सी आउने सम्भावना छ । म निवेदक हो, मेरो मात्र जवाफी बहस बाँकी छ । बहस सकिएपछि फैसला त आउँछ । त्यसैले सर्वोच्चले पर्सी नै आफ्नो फैसला सुनाउँछ भन्ने आशा गरौँ । कहिलेकाँही सर्वोच्च अदालतले निर्णय सुनाउने भनेर अर्को मिति पनि तोक्न सक्छ । त्यो चाहीँ अदालतको कुरा हो ।’
गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले सभापति लामिछानेमाथि लागेको सम्पती शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिनुभएको थियो । युवराज पौडेल (सफल), अधिवक्ता आभाष रेग्मीसहित कानूनका विद्यार्थीहरू र वरिष्ठ अधिवक्ता त्रिपाठीले यो निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि