हरेक वर्ष १८ मार्चमा विश्वभर ‘ग्लोबल रिसाइकलिङ डे’ ‘दिवस’ मनाइन्छ । यो दिवस केवल फोहोर व्यवस्थापनको दिनमात्र होइन, यो हाम्रो सोच बदल्ने र दिगो भविष्य निर्माण गर्ने अवसर पनि हो । यसको मुख्य उद्देश्य जनतालाई ‘रिसाइकलिङ’ पुन प्रशोधनको महत्वबारे सचेत गराउनु, फोहोर घटाउने उपाय अपनाउन प्रेरित गर्नु र वातावरण संरक्षणमा सक्रिय सहभागिता बढाउनु हो । फ्याकिएका बस्तुहरूलाई पुनः प्रयोग गर्ने प्रक्रियालाई ‘रिसाइकलिङ’ भनिन्छ ।
ग्लोबल रिसाइकलिङ फाउण्डेशनले सुरुवात गरेको ‘ग्लोबल रिसाइकलिङ डे’लाई संयुक्त राष्ट्रसंघले पनि आधिकारिक मान्यता दिइसकेको छ । यस दिवसले हामीलाई हाम्रो ग्रहको भविष्य, प्राकृतिक स्रोतहरूको संरक्षण र दिगो विकास हाम्रो हातमा निर्भर छ भन्ने कुरा सम्झाउँछ । रिसाइकलिङ भनेको मुख्य रूपमा प्रयोग भइसकेका वस्तुहरूलाई फेरि प्रयोग योग्य बनाउने वा वातावरणमैत्री तत्वमा परिणत गर्ने प्रक्रिया हो । यसले केवल फोहोर हटाउनेमात्र होइन, ऊर्जा बचत, जलवायु परिवर्तन न्यूनीकरण र प्राकृतिक स्रोतहरूको संरक्षणमा ठूलो भूमिका खेल्छ ।
वातावरणीय क्षयले हाम्रो प्राकृतिक प्रणालीलाई क्षति पुर्याएको छ, रोगको बढोत्तरी भएको छ र विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ ।
प्लाष्टिक, कागज, काँच र धातुजस्ता फोहोरलाई छुट्टाछुट्टै संकलन गरेर रिसाइकल गर्न सकिन्छ । साथै नयाँ सामान किन्दा सम्भव भएसम्म रिसाइकल गरिएको सामग्रीबाट बनेका वस्तुहरू छनोट गर्न पनि प्रोत्साहन गरिन्छ । यसरी साना-साना अभ्यासबाट वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सकिन्छ ।
ग्रहको पुनर्स्थापनामात्र हरियो र निलो रंग कायम राख्ने कुरा होइन-यो रोजगारी, जीवनयापन, स्वास्थ्य र खुशीसँग पनि सम्बन्धित छ । यो दिवसको मुख्य उद्देश्य मानिसहरूलाई सकेसम्म कम फोहोर गर्न सिकाउने र सकेसम्म फ्याकिएका बस्तु पुनः प्रयोग गर्न सिकाउने नै हो ।
वार्षिक दिवस आयोजना गर्ने ग्लोबल रिसाइकलिङ फाउण्डेशनका अनुसार, रिसाइकलिङ अत्यन्त महत्वपूर्ण छ, किनभने यसले हरेक वर्ष ७०० मिलियन टन कार्बन उत्सर्जन रोक्न सहयोग गर्दछ । कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा योगदान पुर्याउँछ, जसले पृथ्वीका सबै कुरामा ठूलो समस्या ल्याउँछ ।
रिसाइकलिङका मुख्य चरणहरू
रिसाइकलिङ प्रक्रिया सामान्यतया तीन चरणमा गरिन्छ । पहिलो चरणमा घर, कार्यालय वा सार्वजनिक स्थानबाट फोहोरलाई छुट्टाछुट्टै गरेर संकलन गरिन्छ । दोस्रो चरणमा कागज, प्लाष्टिक, धातु र काँच जस्ता वस्तुहरूलाई प्रशोधन गरेर नयाँ कच्चा पदार्थमा रूपान्तरण गरिन्छ । तेस्रो चरणमा पुनः निर्माण गरिएको सामग्रीलाई प्रयोग गरेर नयाँ वस्तु उत्पादन गरिन्छ । यसले फोहोरको मात्रा घटाउन र वातावरण संरक्षण गर्न मद्दत गर्छ ।
ग्लोबल रिसाइकलिङ दिवसले दुई मुख्य सन्देश दिन्छ । पहिलो, विश्वका नेताहरूलाई यो सम्झाउन कि रिसाइकलिङ केवल स्थानीय समस्या होइन, यो अन्तर्राष्ट्रिय आवश्यकता हो । अहिलेको वातावरणीय संकट समाधान गर्न देश-देशबीच समन्वित रणनीति आवश्यक छ । दोस्रो, यसले प्रत्येक व्यक्तिलाई आफ्नो फोहोरप्रति सोच बदल्न प्रेरित गर्छ । रिसाइकलिङले हामीलाई ‘फोहोर भनेर नहेरी स्रोतको रूपमा मूल्य बुझौँ’ भन्ने सन्देश दिन्छ ।
विश्वभरि रिसाइकलिङमा अग्रणी देशहरूको सूचीमा जर्मनी शीर्ष स्थानमा छ । जर्मनीले आफ्नो कुल फोहोरको करिब ६५ प्रतिशतसम्म रिसाइकल गर्छ । युरोपेली संघले विगत केही दशकमा रिसाइकलिङ दर बढाउन विशेष योजना र नीति लागू गरेको छ ।
प्लाष्टिक प्रयोग र यसको जोखिम
प्लाष्टिक धेरै उपयोगी छ र हाम्रो दैनिक जीवनमा विभिन्न तरिकाले प्रयोग हुन्छ । तर, एकपटक प्रयोग गरेर फाल्दा यसले समस्या उत्पन्न गर्छ । प्लाष्टिक प्राकृतिक रूपमा बिग्रँदैन र खपत हुँदैन । यसका टुक्रा स-साना भए पनि धेरै लामो समयसम्म वातावरणमा रहिरहन्छ । अन्तर्राष्ट्रिय संरक्षण संघका अनुसार, हरेक वर्ष १४ मिलियन टन प्लाष्टिक समुद्रमा पुग्छ, जसले समुद्री जीवनलाई नोक्सान पुर्याउँछ र वातावरणका लागि हानिकारक हुन्छ ।
यदि हामी प्लाष्टिक पुनःप्रयोग वा रिसाइकल गर्छौं भने यसलाई रोक्न सहयोग पुग्छ । उदाहरणका लागिः प्लाष्टिक पानीको बोतलको सट्टा पुनःप्रयोग गर्न मिल्ने बोतल प्रयोग गर्ने । प्लाष्टिक झोलामा नभई खुला तरकारी किन्न प्रोत्साहन गर्ने । प्लाष्टिक स्ट्रो, पोलिष्टाइरिन ट्रे र कटरिका प्रयोग नगर्ने । किनमेल गर्दा ब्याकप्याक प्रयोग गर्ने र प्लाष्टिक झोला बचत गर्ने । हामीले फाल्ने वस्तुहरू बनाउन धेरै ऊर्जा खर्च हुन्छ । त्यसैले पुनःप्रयोग गर्दा ऊर्जा पनि बचत हुन्छ ।
‘ग्लोबल रिसाइकलिङ डे’ २०१८ देखि हरेक वर्ष मनाइँदै आइएको छ र त्यसयता प्लाष्टिक फोहोर घटाउने योजनामा केही प्रगति भएको छ । बेलायत सरकारले प्लाष्टिक स्ट्रो, कटन बड्स, माइक्रोबीड्स जस्ता धेरै एकपटक प्रयोग हुने प्लाष्टिकमा प्रतिबन्ध लगाएको छ । प्लाष्टिक झोलामा थप शुल्क लगाउने कानुन पनि लागू गरिएको छ । बेलायतमा हरेक वर्ष ७.७ बिलियन प्लाष्टिक बोतल प्रयोग हुन्छ । तर, अभियानकर्ताहरू भन्छन् यसमा अझै धेरै काम गर्न बाँकी छ ।
नेपालमा चुनौती र अवसर
नेपालमा पनि फोहोर व्यवस्थापन चुनौतीपूर्ण छ । शहर र ग्रामीण क्षेत्रमा फोहोर सही तरिकाले व्यवस्थापन नहुँदा वातावरणीय र स्वास्थ्य समस्या देखा पर्छ । तर, सानो पहल र सचेतनाले ठूलो परिवर्तन ल्याउन सकिन्छ । उदाहरणका लागि, प्लाष्टिकको प्रयोग घटाउने, कम्पोष्टिङ गर्ने र पुनः प्रयोगयोग्य वस्तुहरू अपनाउने प्रयासले दीर्घकालीन प्रभाव पार्छ ।
ग्लोबल रिसाइकलिङ दिवसले हामी सबैलाई दैनिक जीवनमा फोहोर कम गर्ने बानी अपनाउन आह्वान गर्छ । प्लाष्टिक, कागज, काँच र धातुजस्ता फोहोरलाई छुट्टाछुट्टै संकलन गरेर रिसाइकल गर्न सकिन्छ । साथै नयाँ सामान किन्दा सम्भव भएसम्म रिसाइकल गरिएको सामग्रीबाट बनेका वस्तुहरू छनोट गर्न पनि प्रोत्साहन गरिन्छ । यसरी साना-साना अभ्यासबाट वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सकिन्छ ।
रिसाइकलिङ केवल वातावरणीय आवश्यकतामात्र होइन, यो दिगो भविष्य निर्माण गर्ने सामाजिक, आर्थिक र सांस्कृतिक जिम्मेवारी पनि हो । यदि हामीले आजको फोहोर र स्रोतको महत्वलाई सही दृष्टिले बुझ्यौं भने, हाम्रो पृथ्वी सुरक्षित, हरियाली र जीवनयोग्य रहिरहनेछ ।
ग्लोबल रिसाइकलिङ दिवस केवल दिवसको अवसर होइन, यो हाम्रो सोच र व्यवहार परिवर्तन गर्ने प्रेरणा हो । हरेक नागरिक, विद्यालय, संस्था र सरकारले मिलेर रिसाइकलिङलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्छ । पृथ्वी बचाउन, प्राकृतिक स्रोतहरूको संरक्षण गर्न र दिगो भविष्य सुनिश्चित गर्न रिसाइकलिङ हाम्रो साझा जिम्मेवारी हो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर