काठमाडौं । मञ्जुश्री फाइनान्सले ग्लोबल मनि विक २०२६ को सुरुवात आफ्नो चितवन क्लस्टरको शाखामार्फत् प्रभातफेरीबाट गरेको छ । विश्वभरि नै मनाइने ग्लोबल मनि विकको सप्ताहमा मञ्जुश्री फाइनान्सले आफ्ना सम्पूर्ण शाखामा कार्यक्रमको आयोजना गरेको जानकारी गराएको छ ।
ग्लोबल मनि विक २०२६ को मूल आधार ‘स्मार्ट मनि टक्स’ भन्ने अभिप्रायलाई लिएर विभिन्न संघ संस्था तथा युवालाई मध्यनजर गर्दै विभिन्न स्कुल तथा कलेजहरूमा कार्यक्रमको व्यवस्था गरिने कम्पनीले जनाएको छ ।
हालसम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०.६ अर्ब कर्जा प्रवाह गरेको मञ्जुश्री फाइनान्सले २८ शाखाका साथै एउटा विस्तारित काउण्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ भने एक लाख ८७ हजारभन्दा अधिक सन्तुष्ट ग्राहकवर्गलाई सेवा दिँदै आएको छ । यसअघि कम्पनीले आफ्ना ग्राहकहरूमाझ मञ्जुश्री भर्चुअल क्रेडिट कार्ड सेवा पनि उपलब्ध गराउँदै आएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…