काठमाडौं । अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र एक मुठी बादलः माई सेयर अफ स्काईको टिजर सार्वजनिक गरिएको छ । उहाँको जन्मदिनको अवसर पारेर सार्वजनिक टिजरमा आँचलले नै वाचन गरेको ‘पोम्पोईको फूल’ कवितालाई समेटिएको छ ।
चलचित्रकी लेखक तथा निर्देशक सहारा शर्माका अनुसार, उक्त कविता आफ्ना हजुरआमाको सम्झनामा आधारित रहेको छ, जुन सम्पादनका क्रममा पुनःस्मृतिमा फर्किएपछि चलचित्रको महत्वपूर्ण अंग बनेको हो ।
आँचलले चलचित्र आफ्नो जीवनसँग नजिक भएको बताउँदै यसलाई विशेष अनुभवका रूपमा लिनुभएको छ । चलचित्रमा निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतमलगायत कलाकारको अभिनय छ ।
चलचित्र अभिमन्यु दीक्षितले निर्माण गर्नुभएको हो भने कार्यकारी निर्मातामा निकुन श्रेष्ठ रहनुभएको छ । गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सनको सहकार्यमा बनेको चलचित्र नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम