सितार वादक हिमालयन सितारले ‘वेदांशी’ नामक गीत हालै सार्वजनिक गर्नुभएको छ । सात मिनेट लामो ‘वेदांशी’मा हिमालयन सितारलाई चिलीका संगीतकार मोआ एड्मन्डस ग्वेभाराले लाफ्ता र तोमास कारास्को गुवेरान्तिसले सेक्सोफोन बजाएर साथ दिनुभएको छ । वेदांशी ‘श्रुति’ नामक एल्बमको पहिलो गीत रहेको सितार वादक हिमालयन सितारले बताउनुभयो । सितार, सेक्सोफोन र लाफ्ताको फ्युजन हो ‘वेदांशी’ । सार्वजनिक गीत हिमालयन सितारको अफिसियल युट्युब च्यानल, स्पोटीफाइलगायतका डिजिटल प्ल्याटफर्ममा उपलब्ध छ । काठमाडौं विश्वविद्यालयको संगीत विभागमा एथ्नोम्युजिकलोजीमा मास्टर्स गरिरहनुभएका झापाका हिमालयन सितारसँग नेपालमा सितारको सम्भावना र भविष्य, अन्य बाजाजस्तै सितारको भोलिका दिनमा हुने प्रयोग, लोकप्रियता र नेपाली संगीतमा सितारको प्रभावलगायतका विषयमा हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यहाँले हालैमात्र बजारमा ल्याउनुभएको ‘वेदांशी’ कस्तो गीत हो ?
‘वेदांशी’ केवल एउटा गीत होइन, यो तीन भिन्न सांगीतिक संस्कृतिहरूको आत्मीय संगम हो, हाम्रो आफ्नै नेपाली शास्त्रीय संगीत, पाश्चात्य संगीतको आधुनिकता र मध्यपूर्वी संगीतको रहस्यमय भावभूमि । यी तीनै धाराहरू एकअर्कासँग संवाद गर्दै नयाँ ध्वनि-परम्परा र अनुभूतिको सिर्जना गर्छन् । म, एक समर्पित सितार विद्यार्थीका रूपमा केवल अभ्यासमा सीमित छैन, मेरो उद्देश्य नेपाली शास्त्रीय संगीतको मौलिकता र गहिराइलाई विश्वमञ्चमा उजागर गर्नु हो । सितारको प्रत्येक तारमा म केवल स्वर होइन, हाम्रो संस्कृति, इतिहास र आत्माको कथा गुञ्जाउन चाहन्छु । ‘वेदांशी’ मेरो त्यो प्रयासको एक प्रारम्भिक अभिव्यक्ति हो, जहाँ परम्परा र नवीनताको सन्तुलन छ, जहाँ पूर्व र पश्चिम भेटिन्छन् र जहाँ संगीतले भाषाको सीमालाई पार गरेर आत्मासँग संवाद गर्छ । यस सिर्जनामार्फत् म विश्वलाई नेपाली शास्त्रीय संगीतको सौन्दर्य, यसको सूक्ष्मता र यसको सार्वभौमिक भावनात्मक शक्तिसँग परिचित गराउन चाहन्छु । मेरो विश्वास छ, संगीत कुनै सीमामा बाँधिँदैन, यो केवल अनुभव गरिन्छ, महसुस गरिन्छ र आत्मामा बस्छ ।
संगीत भनेको समाजबाट नै उत्पत्ति हुने हो । सितार संगीतको उत्थान र विकासका लागि शास्त्रीय संगीतलाई आधुनिकीकरण गरेर युवाहरूमाझ पनि पुर्याउनुपर्छ । अहिले संगीत सुन्ने ठूलो समूह भनेको युवा पुस्ता हो । युवाहरूले सुन्ने प्रचलन बसेमात्रै सितार संगीतको बजार स्वतः बढ्छ ।
नेपालमा सितार संगीतको भविष्य कस्तो छ ? तपाईं कसरी यो क्षेत्रमा लाग्नुभयो ?
नेपालमा सितार संगीतको भविष्य तत्कालका लागि उज्ज्वल छैन तर म संघर्षरत छु । म काठमाडौं युनिभर्सिटीमा स्नातक गर्दादेखि नै यो क्षेत्रमा लागेको हुँ । मैले सितार संगीतबाट प्रभावित भएर यसलाई रोजें । यसले मनमा शान्ति दिन्छ । यो संगीतले आफ्नो धरातलबारे बुझाउँछ । शास्त्रीय संगीतलाई अग्रजहरूले भगवान्सँग पुग्ने माध्यमसमेत भनेका छन् । यी विविध कारणले मैले सितार संगीत रोजेको हुँ ।
तपाईंले आफूलाई हिमालयन सितारका रूपमा चिनाउँदै आउनुको कारण के हो ?
मेरो खास नाम उत्तम घोष हो । तर, म मेरो वास्तविक नामभन्दा पनि हिमालयसँग जोड्न खोजेको हो । हिमालय जोडिँदा मेरो मातृभूमि नेपाल पनि जोडिन्छ । भोलिका दिनमा हिमालयन सितार एउटा व्यक्तिमा मात्रै सीमित नरहेर यो नेपाली ट्रेडिसन र कल्चरको संरक्षणमा पनि काम गरोस् भन्ने मेरो चाहना हो । यो नामलाई ब्राण्ड बनाएर समग्र शास्त्रीय संगीतको संरक्षणका खातिर पनि काम गर्ने योजना छ ।
तपाईंको सितारसँग गहिरो प्रेम छ । कसरी बस्यो सितारसँग यति गहिरो माया ?
सितार संगीतमा भविष्य खोज्दै जाँदा मेरो सितारसँग माया बसेको हो । शास्त्रीय संगीतमा गहिरिँदै जाँदा सितारलाई नजिकबाट नियाल्ने मौका पाएँ । अहिले यसमा नै भविष्य खोज्दैछु ।
सितारमै भविष्य बनाउने सोच बनाएपछि तपाईं अहिले कति खुसी हुनुहुन्छ ?
सितार संगीतमा भविष्य छैन भन्ने थाहा हुँदाहुँदै म यो क्षेत्रमा होमिनुको कारण नै यसप्रतिको मेरो माया हो । म सितार संगीतसँगै रमाइरहेको हुनाले म खुसी छु ।
नेपालमा सितार संगीतको सम्भावना किन सोचे जस्तो हुन नसकेको होला ?
नेपालमा सितार संगीतसँग सम्बन्धित संस्थाहरू नेपाल टेलिभिजन, रेडियो नेपाल, विश्वविद्यायलहरू त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयजस्ता संस्थाहरू शास्त्रीय संगीतको संरक्षण र प्रवर्द्धनमा नामका मात्रै भएर आजको यो अवस्था आएको हो । सरकारी तवरबाट यसलाई प्रभाव पार्न सक्ने नीति बनाउन नसक्नु पनि हाम्रो ठूलो कमजोरी हो ।
नेपालमा सितार संगीतको बजार विस्तार गर्न सकिन्छ, सितार संगीतलाई आमजनमानसमा लैजान के-कस्ता क्रियाकलाप आवश्यक छन् ?
संगीत भनेको समाजबाट नै उत्पत्ति हुने हो । सितार संगीतको उत्थान र विकासका लागि शास्त्रीय संगीतलाई आधुनिकीकरण गरेर युवाहरूमाझ पनि पुर्याउनुपर्छ । अहिले संगीत सुन्ने ठूलो समूह भनेको युवा पुस्ता हो । युवाहरूले सुन्ने प्रचलन बसेमात्रै सितार संगीतको बजार स्वतः बढ्छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र