अहिले मेरा हातमा डा.विष्णु केसीद्वारा लिखित ‘अस्तित्व यात्रा’ पुस्तक छ । यो कवितासङ्ग्रह हो । कविता डा.केसी सिद्धहस्त साहित्यकार हुनुहुन्छ । उहाँका बालसाहित्यका धेरै पुस्तक प्रकाशित छन् र प्रौढ साहित्यमा उहाँका गीतहरू धेरै सुललित हुन्छन् । डा.केसीको यो सङ्ग्रह ‘अस्तित्व यात्रा’ शब्दार्थ प्रकाशन चाबहिल काठमाडौँद्वारा प्रकाशित भएको यो पुस्तकको प्रथम संस्करणका रूपमा छ । प्रथम संस्करणमा यो पुस्तक १००० प्रति छापिएको छ । पुस्तकमा भूमिकाखण्डसहित २०० पृष्ठ छन् भने मूल्य ५५० रुपैयाँ छ । गरिमा ओझाको कम्प्युटर र भुवन अर्यालको ले-आउट रहेको पुस्तकको डिजाइन सनराइज ग्राफिक्सले गरेको देखिन्छ ।
कवितामा पूर्वस्मृति र पूर्वदीप्ति देखिन्छ भने कतै अति महत्वाकांक्षा पाइन्छ । उहाँका केही कवितामा विकासको गतिको चर्चा र शहरीकरणको वयान भएको भेटिन्छ । आडम्बरी प्रवृत्तिप्रति झटारो हानेको भेटिन्छ भने कतै परिवर्तनलाई स्वागत गरिएको छ । यसैगरी उहाँका आशावादी सोच सल्लाह, सुझाव र अनुनय पनि भेटिन्छन् ।
यसको मुद्रण टचटोन प्रिन्टिङ प्रेसमा भएको छ भने सर्वाधिकार कृतिकारमै राखिएको पाइन्छ । डिएमआई साइजमा प्रकाशित भएको पुस्तकको छपाइ स्तरीय छ । तौलयुक्त पहेँलो कागजको प्रयोग भएको पुस्तकको आवरण आकर्षक छ । पहेँलो पृष्ठभूमिमा बीचमा गोलोभित्र एउटा चरो उडिरहेको छ भने त्यसमुनि पहाडहरूको चित्र राखिएको छ । माथि पुस्तकको शीर्षक ठूला अक्षरमा राखिएको छ, तल कविको नाम छ । पृष्ठावरणमा साहित्यकार प्रमोद प्रधान र डा.शैलन्दुप्रकाश नेपालका भनाइ राखिएका छन् । तल प्रकाशक संस्थाको नाम र लोगो दिएको छ ।
भूमिकाखण्डमा प्रमोद प्रधानको ‘कविताको आनन्द र विष्णु केसीका कविता’ शीर्षकमा उहाँको विचार निकै लामो गरी समेटिएको छ । कवि केसीको ‘कवितासँगै’ शीर्षकको उहाँको छोटो विचार पनि यसमा समेटिएको छ । त्यसपछि विषय सूचीका रूपमा कविताक्रम छ । यस पुस्तकमा उहाँका कविताहरूलाई पाँच खण्डमा विभाजन गरिएको पाइन्छ । पहिलो खण्ड ‘जीवनको लय’ शीर्षकमा छ र यसअन्तर्गत उहाँका दशवटा कविता समेटिएका छन् । दोस्रो खण्डमा ‘समाजका रङ्गहरू’ अन्तर्गत बाह्रवटा कथाहरू सङ्गृहीत भएका छन् । तेस्रो खण्डमा ‘सम्बन्धका धुनहरू’ अन्तर्गत ११ वटा कविता समेटिएका छन् । चौथो खण्ड ‘अस्तित्वको खोजी’ शीर्षकमा छ र यसअन्तर्गत १४ वटा कविता सङ्गृहीत छन् ।
पाँचौं वा अन्तिमखण्डमा ‘पीडाको घामछायाँ’ शीर्षकअन्तर्गत छवटा कथाहरू सङ्गृहीत छन् । यसरी यस सङ्ग्रहमाका जम्मा ५३ वटा कविताहरू समेटिएका छन् । उहाँले आफ्ना कविताका शीर्षकहरू छोटाछोटा राख्नुभएको छ । जसमा एक शब्ददेखि चार शब्दसम्मका शीर्षक छन् । एक शब्दका शीर्षकहरू २६ वटा छन्, दुई शब्दका शीर्षकहरू १४ वटा छन् । यसैगरी तीन शब्दका शीर्षक दशवटा छन् भने चार शब्दका शीर्षक तीनवटामात्र छन् । कविताको फैलावटलाई हेर्दा कविताहरू एक पृष्ठदेखि पाँच पृष्ठसम्मको फैलावटमा छन् तर यी कविताहरू लामा छैनन् । कुनै छोटा र कुनै मध्यम आयामका कविताका रूपमा समेटिएका छन् ।
उहाँका कविताहरूको फैलावट हेर्दा एक पृष्ठका एक, दुईका १३, तीनका २२, चारका १४, पाँच दुई र ६ पृष्ठका एकवटा कविता छन् । पुस्तकको अन्तिममा कवि डा. केसीको फोटोसहितको समग्र परिचय दिएको छ । जसअनुसार उहाँका गीतसङ्ग्रह तीनवटा, कविताकाव्य पाँचवटा बालकविता सङ्ग्रह तीनवटा, बालकथा सङ्ग्रह आठवटा, निबन्धसङ्ग्रह दुईवटा, समालोचनासङ्ग्रह पाँचवटा, पाठ्यपुस्तकको सहलेखन सातवटा र सम्पादन १४ वटा गरी जम्मा चार दर्जनभन्दा बढी पुस्तको सिर्जना तथा सम्पादन उहाँबाट भइसकेको देखिन्छ ।
उहाँले विभिन्न १२ वटा मानसम्मान पाउनुभएको छ भने उहाँको विभिन्न सातवटा संघसंस्थामा पदाधिकारी तथा सदस्यका रूपमा संलग्नता रहेको पाइन्छ । पृष्ठावरणको भित्रपट्टि उहाँको तस्वीर र उहाँको छोटो भनाइ छ ।
यस कृतिलाई केही बुँदागत रूपमा भन्ने हो भने यस कृतिका कविताहरू सुन्दर र अर्थपूर्ण छन् । जीवनको शाश्वतताको अभिव्यक्ति यिनले गरेको पाइन्छ र प्रकृतिको कलात्मक चित्रण भएको छ । परिवर्तनशील संसारको चित्रण यसमा भएको पाइन्छ । विभिन्न प्राकृतिक प्रकोपहरूको चित्रण गर्दै सावधानीका उपाय कृतिभित्रका कवितामा देखाइएको छ । बिम्ब र प्रतीकहरूको उचित संयोजन यसमा भएको पाइन्छ । यसमा व्यङ्ग्यले उचित स्थान पाएको छ र समाज चित्रण सही ढङ्गले भएको देखिन्छ भने राष्ट्र र राष्ट्रियताको भाव सुन्दर ढङ्गले सम्प्रेषण भएको छ । राजनीतिक विकृति र विसङ्गतिले उहाँका कवितामा स्थान पाएको देखिन्छ ।
कवितामा पूर्वस्मृति र पूर्वदीप्ति देखिन्छ भने कतै अति महत्वाकांक्षा पाइन्छ । उहाँका केही कवितामा विकासको गतिको चर्चा र शहरीकरणको वयान भएको भेटिन्छ । आडम्बरी प्रवृत्तिप्रति झटारो हानेको भेटिन्छ भने कतै परिवर्तनलाई स्वागत गरिएको छ । यसैगरी उहाँका आशावादी सोच सल्लाह, सुझाव र अनुनय पनि भेटिन्छन् । साथै इच्छा, रहर र चाहनाहरू पाइन्छन् । उहाँका कविताहरू छोटा र मझौला खालका छन् । प्रेम र प्रणयको केन्द्रीयतामा लेखिएका केही कविता यस सङ्ग्रहभित्र भेटिन्छन् । उहाँका कविता सरल, सरस र भावपूर्ण छन् । अग्रजप्रति सम्मान र आदरभाव उहाँका कविताले व्यक्त गरेका छन् । उहाँका कवितामा मानवमनका छाल र कल्पनाको उडान सुन्दर ढङ्गले समावेश गरिएको हुन्छ ।
धेरै किताब प्रकाशन गरिसक्नुभएका डा.केसीको यस कवितासङ्ग्रहलाई नेपाली साहित्यको एउटा सुन्दर प्राप्तिका रूपमा लिन सकिन्छ । कृतिका लागि डा.केसीलाई बधाई, कृतिको सफलताको कामना साथै उहाँका यस्तै अन्य सुन्दर कृतिहरू नेपाली साहित्यले प्राप्त गरिरहोस् अग्रिम रूपमा हार्दिक शुभकामना ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…