काठमाडौं । काठमाडौंमा ‘स्टडी इन क्यानडा’ विषयक उच्चस्तरीय रणनीतिक कार्यशाला सम्पन्न भएको छ । आयोजकका अनुसार, कार्यक्रममा नेपालभरिका करिब ४० अग्रणी शैक्षिक परामर्श संस्थाको सहभागिता थियो । कार्यक्रमले क्यानडाको परिवर्तनशील शैक्षिक परिदृश्य र यसले नेपाली विद्यार्थीमा पार्ने प्रभावबारे महŒवपूर्ण छलफल गर्ने प्लेटफर्म प्रदान गरेको बताइएको छ ।
कार्यक्रमको सहजीकरण सेन्टेनियल कलेजका दक्षिण एसिया तथा युरोप क्षेत्रीय प्रबन्धक स्टानिस्लाभ ग्नाटकोभ, बोडरपासका रणनीतिक साझेदारी वरिष्ठ निर्देशक इयान म्याक्रे तथा सेन्टेनियल कलेजका दक्षिण एसिया भर्ती तथा साझेदारी व्यवस्थापक विपिन नलेन्दाले संयुक्त रूपमा गर्नुभएको थियो । ग्नाटकोभले उच्च गुणस्तरीय शिक्षा, बहुसांस्कृतिक वातावरण र सशक्त करिअर अवसरका कारण क्यानडा अझै पनि अन्तर्राष्ट्रिय विद्यार्थीको प्रमुख रोजाइको गन्तव्यका रूपमा कायम रहेको उल्लेख गर्दै पछिल्ला नीतिगत परिवर्तन र बढ्दो निगरानीका कारण विद्यार्थी तथा साझेदारहरूले अझ सचेत, जिम्मेवार र रणनीतिक ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।
इयान म्याक्रेले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्र नियामक परिवर्तन र विश्वव्यापी आवागमन प्रवृत्तिका कारण तीव्ररूपमा परिवर्तन भइरहेको भन्दै शैक्षिक संस्था तथा भर्ना साझेदारले पारदर्शिता, नियम अनुपालन र विद्यार्थीको सफलतामुखी परिणामलाई प्राथमिकता दिँदै आफूलाई अनुकूल बनाउनुपर्ने बताउनुभएको थियो । विपिन नलेन्दाले पनि सेन्टेनियल कलेजले गुणस्तरीय कार्यक्रम तथा उद्योगसँगको सशक्त सहकार्यमार्फत् विद्यार्थीहरूलाई सहयोग पुर्याइरहेको जानकारी गराउनुभएको थियो ।







हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर