धादिङ । जिल्ला अस्पताल धादिङमा उपचारकै क्रममा १८ वर्षीया किशोरी मिरा आचार्यको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। नीलकण्ठ नगरपालिका–१३ की मिरा आचार्यको मृत्युप्रति उनका आफन्तले अस्पतालको लापरवाहीको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।
घटनापछि मृतकका आफन्त र स्थानीयवासीले अस्पताल प्रशासनविरुद्ध विरोध प्रदर्शन गरेका थिए। समस्या समाधानका लागि अस्पताल प्रशासन र मृतक पक्षबीच पहिलो चरणको वार्ता भएको थियो, तर निष्कर्षमा नपुगेको कारण उक्त वार्ता स्थगित गरिएको थियो।
दुवै पक्षबीच सहमति खोज्ने उद्देश्यले आजै पुनः वार्ता बस्ने तय गरिएको छ। संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै अस्पताल क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र