धादिङ । राजधानीबाट भित्रने र बाहिरीने मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्डको विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक खाल्डाखुल्डी र सडक फराकिलो लगायत मर्मतको काम अन्तिम चरण पुगेको हो ।
सडक मर्मतको काम अन्तिम चरणमा पुगेसङ्गै ट्राफिक प्रहरीले ट्राफिक सचेतनासम्बन्धी सूचना (बोर्ड) राख्ने काम समेत थालनी गरेको छ । सडक खण्डमा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै ट्राफिक प्रहरी अहिले जोखिमपूर्ण स्थानमा ट्राफिक सचेतनासम्बन्धी सूचना (बोर्ड) राख्ने काम थालनी गरेको हो । सडक सङ्केत राख्न अझै केही समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङका प्रहरीले जनाएको छ ।
सडक कालोपत्र भएर फराकिलो र चिल्लो बने पनि सडक सुरक्षाका आवश्यक सङ्केत राखिनसकेकाले दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरी आफैँं बोर्ड गाड्न खटिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिनुभयो ।
नौबिसे-मलेखु खण्डका १३ वटा अतिजोखिमपूर्ण स्थानमा यस्ता बोर्ड राखेको छ । यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर ट्राफिक प्रहरीले पहिला पनि ठूला दुर्घटना भएका र अहिले दुर्घटनाको उच्च जोखिम रहेका क्षेत्र पहिचान गरी सचेतना बोर्ड राखेको हो ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…