काठमाडौं । नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का प्रि-इभेन्ट कार्यक्रमहरू सम्पन्न भएका छन् । गैरीधारास्थित कान्तिपुर थिएटरमा ‘सर्ट फिल्म साँझ’ शीर्षकको कार्यक्रम सम्पन्न भएसँगै निफको प्रि-इभेन्ट चरण पूरा भएको हो । कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा निफका अघिल्ला संस्करणमा पुरस्कृत सर्ट फिल्महरू ‘जुलुंगो’, ‘बेयर ट्री इन द मिस्ट’, ‘जुन्को’ र ‘चिसो घर’ प्रदर्शन गरिएका थिए ।
फिल्म प्रदर्शनपछि दर्शकका जिज्ञासाहरूको उत्तर सम्बन्धित निर्माता–निर्देशकहरूले दिएका थिए । यसअघि निफले प्रि-इभेन्टअन्तर्गत ‘हर सिनेमा हर भ्वाइस’ र ‘द न्यू वेभ इन नेपाली सिनेमा’ शीर्षकमा दुई अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरेको थियो ।
महोत्सवका अध्यक्ष केपी पाठकले प्रि-इभेन्ट सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै अब चैत १९ गतेदेखि सुरु हुने महोत्सवका लागि अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले छिट्टै महोत्सवका विस्तृत कार्यक्रम आधिकारिक सामाजिक सञ्जाल र वेबसाइटमार्फत सार्वजनिक गरिने बताउनुभयो ।
यस संस्करणमा पाँचदिने एआई फिल्म वर्कसप पनि समावेश गरिएको छ । वर्कसपमा प्रि-प्रोडक्सन, प्रोडक्सन र पोष्ट–प्रोडक्सन चरणमा एआईको प्रयोगबारे प्रशिक्षण दिइने जनाइएको छ । साथै फिल्म निर्माणमा एआईको सम्भावना र भविष्यबारे पनि छलफल गरिनेछ । इच्छुक व्यक्तिहरूले चैत ११ (मार्च २५) सम्म आवेदन दिन सक्नेछन् ।
यसैगरी, ‘निफ फिचर पिच’ शीर्षकको कार्यक्रममार्फत सर्ट फिल्म निर्माणमा अनुभव भएका लेखकहरूले आफ्नो फिचर फिल्मको कथा निर्मातासमक्ष प्रस्तुत गर्ने अवसर पाउनेछन् ।
भारतका चर्चित निर्देशक, निर्मात र कलाकार रमेश सिप्पी निफको उद्घाटन समारोहमा विशेष उपस्थित रहनुहुनेभएको छ । निफका अध्यक्ष पाठकका अनुसार उहाँ उद्घाटन कार्यक्रममा विशेष उपस्थिति जनाउन नेपाल आउने पक्का भएको हो ।
निफमा सहभागी हुने निर्देशक सिप्पीले भारतीय चलचित्रको यात्रा, आफ्नो फिल्मी यात्रा र अनुभवबारे नेपाली फिल्म मेकर र दर्शकमाझ शेयर गर्ने कार्यक्रम पनि राखिएको अध्यक्ष पाठकले जानकारी गराउनुभयो । सिप्पीले दर्जनभन्दा बढी चलचित्र निर्देशन गर्नुभएको छ । बलिउडमा काशेढुंगाका रूपमा सावित भएको चलचित्र ‘शोले’ उहाँकै निर्देशनमा बनेको हो ।
पछिल्लो समय उहाँले निर्देशन गरेको चलचित्र ‘सिम्ला मिर्ची’ सन् २०२० मा प्रदर्शनमा आएको थियो । उहाँ दर्जनौं चलचित्रको निर्माता र केही फिल्ममा कलाकारसमेत बन्नुभएको छ । सिप्पली आफ्नो निर्देशनमा बनेका चलचित्रहरूमा शाहरूख खान, अमिताभ बच्चन, सञ्जय दत्त, ज्याक्की श्रफ, मिथुन चक्रवर्ती, ऋषि कपुर, दिलिप कपुर, शशी कपुर, धर्मेन्द्र, राजेश खन्नालगयात बलिउड स्टारलाई अभिनय गराउनुभयो छ ।
आयोजकका अनुसार महोत्सवमा ४० देशका ८८ फिल्म प्रदर्शन गरिनेछन् भने विभिन्न विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रमसमेत आयोजना गरिनेछन् ।







किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की
कति आज विदेशी मुद्राको विनिमय
हतुवागढीले जुटायो २४ लाख ५३
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण