काठमाडौं । बिगुटार विकास फाउण्डेशन, नेपाल र विराज समाजको संयुक्त आयोजनामा अमेरिकी शिक्षाविद् डा.पिटर होज प्रिण्डलको स्मृतिमा ‘पिटर स्मृति कोष घोषणा तथा श्रद्धाञ्जलि अर्पण सभा’ सम्पन्न भएको छ । ‘फिफ्टी इयर इन विगुटार, नेपाल-द कोल्याप्स एण्ड रिवर्थ पेजेन्ट कम्युनिटी १९७१-२०२१’ नामक कृतिमार्फत बिगुटारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउनुभएका स्व.डा.प्रिण्डलको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बिगुटार विकास फाउण्डेशन, नेपालले व्यवस्थापन र सञ्चालन गर्नेगरी स्थापना गरिएको ‘पिटर स्मृति कोष’का लागि विभिन्न दाताबाट पाँच लाख ९३ हजार २६७ रकमको प्रतिबद्धता प्राप्त भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.पुरुषोत्तम दाहालसहित बिगुटार विकास फाउण्डेशनका अध्यक्ष नेत्रप्रसाद दाहाल, सल्लाहकार केशव दाहाल, संरक्षक हरिहर दाहाल, संस्थापक अध्यक्ष गिरिराज दाहाल तथा मुकुन्दराज दाहाल, आशिष दाहाल र पीताम्बर दाहालले मन्तव्य व्यक्त गर्नुभएको थियो । वक्ताहरूले डा.प्रिण्डलले बिगुटार क्षेत्रमा शिक्षाको विकासमा पुर्याएको योगदान स्मरण गर्दै कोषले आगामी दिनमा शैक्षिक उन्नयनमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
विराज समाजका अध्यक्ष रामप्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन बिगुटार विकास फाउण्डेशनका सचिव डिल्लीप्रसाद घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा वक्ताहरूले डा.प्रिण्डलको योगदानलाई संस्थागत रूपमा अघि बढाउन ‘पिटर स्मृति कोष’ महत्वपूर्ण माध्यम बन्ने धारणा राखेका थिए ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि