धादिङ । जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा आइतबार बिहान निलकण्ठ नगरपालिका–१३ की १८ वर्षीया मिरा आचार्यको मृत्यु भएपछि उत्पन्न विवाद समाधान र घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाहरूको बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति बनाउने निर्णय गरेको हो ।
समितिमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) सदस्य सचिव रहनेछन् भने जिल्ला प्रहरी कार्यालयका प्रमुख र एक जना वरिष्ठ विशेषज्ञ सर्जन (विज्ञ)लाई सदस्यको रूपमा समावेश गरिएको जिल्ला अस्पताल धादिङले जनाएको छ ।
यस्तै पीडित पक्षको माग र न्यायोचित छानबिनका लागि पीडितका तर्फबाट एक जना महिला र एक जना पुरुष समेत समितिको सदस्य राखिएको छ । उक्त समितिलाई घटनाको गम्भीरतापूर्वक अध्ययन गरी ३० दिनभित्र विस्तृत प्रतिवेदन सार्वजनिक गर्नुपर्नेछ ।
अस्पतालमा किशोरीको मृत्यु भएपछि आफन्तहरूले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आएका थिए । मृतक किशोरीको शवको पोस्टमार्टम भोलि बिहान गरिने भएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र