मड्रिड । स्पेनिस ला लिगाअन्तर्गत मड्रिड डर्बी खेलमा रियल मड्रिडले रोमाञ्चक जित निकालेको छ । आइतबार राती घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले एट्लेटिको मड्रिडलाई ३-२ ले हराएको हो । रियलको जितमा भिनिसियस जुनियरले दुई गोल गर्दा फेडेरिको भालभर्डेले एक गोल गर्नुभयो । एट्लेटिकोका लागि एडेमोला लुकमन र नाहुल मोलिनाले एक-एक गोल गर्नुभयो ।
पहिलो हाफको ३३औँ मिनेटमा लुकमनले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफमा रियल खेलमा फर्कियो । भिनिसियसले ५२औँ मिनेटमा पेनाल्टीमार्फत् बराबरी गोल गर्नुभयो । ५५औँ मिनेटमा भालभर्डेले गोल गर्दै रियललाई २-१ ले अघि बढाउनुभयो । तर, ६६औँ मिनेटमा मोलिनाको सानदार गोलसँगै एट्लेटिको खेलमा फर्कियो । यद्यपि, ७२औँ मिनेटमा भिनिसियसले ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३-२ को जित दिलाउनुभयो । खेलको ७७औँ मिनेटमा भालभर्डेले रातो कार्ड पाएपछि रियल दबाबमा परेको थियो । त्यसपछि पनि एट्लेटिकोले बराबरीको प्रयास गरे पनि सफल हुन सकेन ।
रियलले सन् २०२२ पछि पहिलोपटक ला लिगामा एट्लेटिकोविरुद्ध जित दर्ता गरेको हो । जितपछि दोस्रो स्थानको रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंकदूरी चारमा झारेको छ । बार्सिलोनाले भालेकानोलाई हराएर अग्रता फराकिलो बनाएको थियो । शीर्षस्थानको बार्सिलोनाको २९ खेलमा ७३ अंक छ भने रियलको २९ खेलबाट ६९ अंक छ । एट्लेटिको २९ खेलबाट ५७ अंकसहित चौथोमै यथावत् छ । एजेन्सी







विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,
कृष्णभीर असोज १ देखि दुईतर्फी