काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न बीमा कम्पनीहरूलाई कारबाही गरेको छ । प्राधिकरणले नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स गरी तीनवटा लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्ससहित चारवटा बीमा कम्पनीलाई कारबाही गरेको हो । प्राधिकरणका प्रवक्ता पुजन ढुंगेल अधिकारीले प्राधिकरणले दिएको निर्देशन उल्लंघन गरेको कसुरमा उल्लेखित कम्पनीहरूलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको बताउनुभएको छ ।
त्यसैगरी हिल्टन होटल पुनर्बीमाको विवादमा प्राधिकरणले नेपाल रि-इन्स्योन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित हिमालयन रि-इन्स्योरेन्स, ओरियण्टल इन्स्योरेन्स कम्पनी र एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि (पुनर्बीमा दलाल)लाई पनि कारबाही गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई बीमा ऐन, २०७९ बमोजिम कबुलियतनामसम्बन्धी कारबाही गरेको छ भने हिमालयन रि र ओरियन्टल इन्स्योरेन्सलाई दुर्ई-दुर्ई लाख रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै, एलियन्ट पुनर्बीमा ब्रोकरको लाइसेन्स तीन महिना निलम्बन गर्ने निर्णय भएको पनि प्राधिकरणले जनाएको छ ।
गत भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनका क्रममा हिल्टन होटलमा क्षति पुगेपछि छ अर्ब रुपैयाँ बराबरको बीमा दाबी भएको थियो । नियमअनुसार ‘हुलदंगा तथा आतंकवाद जोखिम’को पुनर्बीमा नेपाल रिमामात्र गर्नुपर्ने प्रावधान छ । तर, ओरियन्टल इन्स्योरेन्सले एलियण्ट ब्रोकरमार्फत् उक्त जोखिमको पुनर्बीमा शुल्क (प्रिमियम) निजी क्षेत्रको हिमालयन रिलाई तिरेको प्रमाण भेटिएको थियो ।
जब होटलमा क्षति पुगेर छ अर्बको दाबी आयो, तब हिमालयन रिलाई बचाउन उक्त दायित्व सरकारी स्वामित्वको नेपाल रिमा सार्ने प्रपञ्च रचिएको प्राधिकरणको छानबिनले देखाएको छ । नेपाल रिका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले सुरुमा पुनर्बीमा प्रस्ताव अस्वीकार गरी निजी कम्पनीलाई फाइदा पुर्याएको र क्षति भएपछि पुनः सरकारी कम्पनीलाई नै भार पार्न खोजेको प्राधिकरणको ठहर छ ।







भारतले नेपाललाई दैनिक ६५४ मेगावाट
प्रधानमन्त्री राहत कोषमा रु १३
छापा माध्यमको संकट र अनलाइन
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई