काठमाडौं । नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत १९ गतेदेखि काठमाडौंमा आयोजना हुनेभएको छ । महोत्सवमा यसवर्ष ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन् । महोत्सवका अध्यक्ष तथा चलचित्र निर्देशक केपी पाठकका अनुसार निफले विगत आठ संस्करणदेखि विभिन्न महादेशका चलचित्र दर्शकमाझ प्रस्तुत गर्दै आएको छ । उहाँले हालसम्म कति चलचित्र प्रदर्शन भए भन्ने प्रश्नमा दर्जनौं देशका सयौं चलचित्र स्क्रिनिङ भइसकेको उल्लेख गर्दै यसले विभिन्न देशका भाषा, संस्कृति र चलचित्र निर्माण शैलीबीच आदान–प्रदानमा टेवा पुगेको विश्वास व्यक्त गर्नुभयो ।
पछिल्ला वर्षमा निफमा प्रदर्शन भएका चलचित्रको संख्या उल्लेखनीय रहेको छ । सन् २०२० मा ४० देशका ७९ चलचित्र प्रदर्शन गरिएका थिए भने २०२१ मा ३१ देशका ६५, २०२२ मा ३८ देशका ८९, २०२३ मा ३५ देशका ९५, २०२४ मा ४० देशका ८८ र २०२५ मा ४० देशका ८७ चलचित्र स्क्रिनिङ भएका थिए । सन् २०२० देखि २०२५ सम्मको ६ वर्षमा मात्रै ५०३ चलचित्र महोत्सवमा प्रदर्शन भइसकेका छन् ।
यस वर्षका ८८ चलचित्र थपिँदा सात वर्षमा कुल ५९१ चलचित्र निफमा प्रदर्शन हुनेछन् । प्रारम्भिक दुई संस्करणका चलचित्रको तथ्यांक संकलन गर्ने काम भइरहेको अध्यक्ष पाठकले बताउनुभयो ।
निफमा हरेक वर्षजस्तै यसपटक पनि विभिन्न देशका कलाकार तथा निर्देशकहरूको सहभागिता रहनेछ । उनीहरूले नेपाली चलचित्रकर्मीसँग आफ्नो अनुभव साटासाट गर्ने कार्यक्रम तय गरिएको छ । यस वर्षको उद्घाटन सत्रमा बलिउडको चर्चित चलचित्र ‘शोले’का निर्देशक रमेश सिप्पीको विशेष सहभागिता रहने आयोजकले जनाएको छ ।







बाजुराका आमाको व्यथा : बाटामै
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
देशभर मनसुनी वायुको प्रभाव, अधिकांश
भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक
नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी