काठमाडौं । यही चैत १९ देखि २३ सम्म हुनलागेको नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पाँच रसियन फिल्म स्क्रिनिङ हुनेभएका छन् । ‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत निफले पाँच रसियन फिल्म स्क्रिनिङ गर्न लागेको आयोजकले बताएको छ । निफको दोस्रो दिन चैत २१ गते कमलपोखरीस्थित रसियन हाउसमा फिल्म ‘अगस्ट’, ‘द च्यालेन्ज’, ‘द डिनो फ्यामिली’ र ‘अल रङ गर्ल’ स्क्रिनिङ गर्न लागिएको अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।
नेपाल र रुसबीच सांस्कृतिक आदनाप्रदानलाई प्रवर्धन र अर्को उद्योगसँग नेपाली चलचित्रकर्मीको सम्बन्ध विस्तार गर्ने उद्देश्यले निफमा ‘रसियन फिल्म डेज’ कार्यक्रम राखिएको पाठकले बताउनुभयो । ‘नेपाली दर्शक र चलचित्रकर्मीले रिसियन चलचित्र, कला, प्रविधिबारे ज्ञान तथा त्यहाँका मेकरहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर पाउनेछन् भनेर यो कार्यक्रम समावेश गरिएको हो,’ उहाँले भन्नुभयो । नेपाल र रुसबीच दौत्य सम्बन्ध स्थापित भएको ७०औं वर्ष पूरा भएको अवसर पारेर निफमा रसियन फिल्म स्क्रिनिङ गर्ने निर्णय भएको आयोजकले बताएको छ ।
निफको अन्तर्राट्रिय चलचित्र प्रतिस्पर्धामा अर्को एक रसियन फिल्म ‘द पोएट’ पनि सहभागी भएको छ । फेलिक्स उमारोभ निर्देशित फिल्म ‘द पोएट’ लोकप्रिय रुसी कवि अलेक्जेन्डर पुश्किनको जीवनीमा आधारित छ । यो फिल्म चैत २३ गते बिहान ११ बजे ठमेलस्थित छाया सेन्टरको हलमा स्क्रिनिङ हुनेछ ।
आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक-फरक विषयमा १० वटा अन्तरक्रिया कार्यक्रमहरू गरिनेछ । यी कार्यक्रमबारेका थप जानकारी निफको सामाजिक सञ्जाल र वेबसाइटबाट चाँडै सार्वजनिक हुने बताइएको छ ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न