काठमाडौं । साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि-अर्डर औपचारिक रूपमा नेपालमा सुरु भएको घोषणा गरेको छ । अल्ट्रा, पातलो डिजाइन, उच्च कार्यक्षमता र उत्कृष्ट प्रदर्शनका लागि परिचित उक्त फोन आफ्नो श्रेणीमा अत्यन्तै मन पराइनेमध्ये एक भएको कम्पनीको दाबी छ ।
प्रि-अर्डर अवधिमा ग्राहकहरूले साओमी १७ अल्ट्रा १६ जिबी प्लस ५१२ जिबी भेरियन्टका लागि उपलब्ध तीन विशेष अफरमध्ये कुनै एक रोज्न सक्नेछन् । अर्थात् १० हजार रुपैयाँ तत्कालै क्यासब्याक वा साओमी वाच एस ४ (४१ एमएम) मात्र २४ हजार नौ सय ९९ (वास्तविक मूल्य ३९ हजार नौ सय ९९) वा साओमी बड्स ५ फ्रि (वास्तविक मूल्य १५ हजार नौ सय ९९) रहेको छ ।
कम्पनीका अनुसार साओमी १७ अल्ट्रा किन्ने ग्राहकले बिक्रीपछि विशेष सुविधाहरू प्राप्त गर्नेछन् । योजनाअन्तर्गत फोन खरिद गरेको पहिलो छ महिनासम्म एकपटक निःशुल्क स्क्रिन फेर्न पाइने सुविधा प्राप्त हुनेछ भने नियमित १२ महिनाको वारेन्टीमा छ महिना थप गरी कुल १८ महिनाको वारेन्टी सुविधा पनि उपलब्ध हुनेछ ।
साथै वारेन्टी सकिएपछि गरिने मर्मतमा पनि २४ महिनासम्म कुनै सेवा शुल्क लाग्ने छैन । साओमी १७ अल्ट्रा कालो, सेतो र स्टारलाइट तीनवटा आकर्षक रङमा उपलब्ध रहेको बताइएको छ ।
कम्पनीका अनुसार लाइकासँगको सहकार्यमा विकसित उक्त डिभाइसले उत्कृष्ट फोटो र भिडियो खिच्ने क्षमता राख्छ । साओमी १७ अल्ट्रामा रहेका फ्ल्यागसिप लाइका-इन्च अल्ट्रा डाइनामिक क्यामेरामा नयाँ लाइट फ्युजन १०५० एल इमेज सेन्सर र लोफिक एचडिआर टेक्नोलोजी प्रयोग गरिएको छ भने लाइका २०० एमपी टेलिफोटो क्यामेरा जडान गरिएको छ । जसले अत्याधुनिक ७५ देखि १०० एमएम मेकानिकल अप्टिकल जुम पनि सपोर्ट गर्दछ । डिभाइसमा छ हजार एमएएचको साओमी सर्ज ब्याट्री छ ।
जसले ९० वाट हाइपरचार्ज र ५० वाट वायरलेस हाइपरचार्ज सपोर्ट गर्नेछ । आइपी ६८ स्प्ल्यास तथा डस्ट रेसिस्टेन्स र साओमी शिल्ड ग्लास ३.० ले डिभाइसलाई सबैतिरबाट सुरक्षा प्रदान गर्नुका साथै बलियो रेसिस्टेन्स सुनिश्चित गर्ने काम गर्छ । साओमी १७ अल्ट्रा १६ जिबी प्लस ५१२ जिबीको मूल्य एक लाख ९९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ भने प्रि-अर्डर अफर २५ मार्चदेखि ३१ मार्चसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम