काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालद्वारा आयोजित चौथो राष्ट्रिय महाधिवेशनबाट लायन वर्ष २०२६/२७ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा तारा भुसाल निर्वाचित हुनुभएको छ । त्यसैगरी प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदमा तेजनारायण पराजुली र सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा मनकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
लायन्सका अनुसार पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सञ्जय खेतान, डिष्ट्रिक्क गभर्नर एकनारायण शर्मा, गंगादेवी ढकाल, आइडी इण्डोर्स एण्ड एलसिआइएफ संयोजक राजन लम्साल, जिएटी क्षेत्रीय संयोजक शम्भुप्रसाद घिमिरे, जिएमटी संयोजक रत्न बजाचार्य, पास्ट डिष्ट्रिक्क गभर्नर भिडिजीहरू, डिष्ट्रिक्क पदाधिकारी, क्लब अध्यक्ष, क्लबका पदाधिकारीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा होस्ट क्लबले महाधिवेशनमा दर्ता भएका सदस्यका लागि आयोजना गरेको ३० भन्दा बढी लक्की ड्र पुरस्कारले सहभागीहरूको उत्साह बढाएको थियो । महाधिवेशनले सेवा, समर्पण र नेतृत्वको भावना अझ सुदृढ बनाउँदै नयाँ उचाइ तय गरेको डिष्ट्रिक्ट गभर्नर भुसालको भनाइ छ । साथै, महाधिवेशनले सिर्जना गरेको ऊर्जा, एकता र प्रतिबद्धतासाथ आगामी दिनहरूमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभएको उक्त लायन्स क्लबले जनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर