काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले चैत १२ गतेदेखि १४ गतेसम्म हेटौंडाको मेन रोडस्थित कफी वारमा इक्स्पेरेन्स टोयोटा नामक कार्यक्रम सञ्चालन गर्ने भएको छ । हेटौंडा क्षेत्रका ग्राहकलाई लक्षित गरी आयोजना गरिने कार्यक्रममार्फत् ग्राहकले टोयोटाका विभिन्न मोडलका गाडीहरू प्रत्यक्ष अवलोकनका साथै टेष्ट ड्राइभ गरी अनुभव गर्न सक्ने बताइएको छ ।
साथै, हरेक गाडी खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसेसरिज, फ्री इन्सुरेन्स, बैंकिङ सुविधा, रोड ट्याक्स तथा विभिन्न आकर्षक उपहारसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ । कार्यक्रम अवधिभर ग्राहकले टोयोटाका गाडीको टेष्ट ड्राइभ गर्दा आकर्षक उपहारका साथै युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले प्रदान गर्दै आएका विभिन्न सेवा तथा सुविधाबारे पनि जानकारी पाउने बताइएको छ ।
कम्पनीले हेटौंडा तथा आसपासका सम्पूर्ण ग्राहक तथा सम्भावित खरिदकर्तालाई कार्यक्रममा उपस्थित भई टोयोटाका गाडीको टेष्ट ड्राइभ अनुभव गर्न आग्रह गरेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि