धादिङ । उत्तरी धादिङको खनियावास गाउँपालिका-४ चिसापानीमा निर्माणाधीन चिस्यान केन्द्र जिर्ण बन्दै गएको छ । नेपाल सरकारको ३ वटै तहले प्रयाप्त बजेट बिनियोजन गर्न नसक्दा चिसापानीमा निर्माणाधीन चिस्यान केन्द्र बजेट अभावका कारण जिर्ण बन्दै गएको हो ।
गाउँपालिकामा किसानहरुले उत्पादन गरेको बाली लामो समयसम्म टिकाउ गर्ने उद्देश्यले कृषि उत्पादन भण्डारणको सुरु गरिएको थियो । तर बजेट कै कारण उक्त परियोजना समयमै सम्पन्न हुन नसक्दा स्थानीय कृषकहरु भने मारमा परेका छन् ।
संघीय सरकारको सहलगानी बजेटमार्फत हालसम्म करिब ३ करोड ११ लाख रुपैयाँ खर्च भइसकेको भए पनि थप बजेट नआउँदा निर्माण कार्य अघि बढ्न नसकेको खनियावास गाउँपालिकाका इन्जिनियर जीवन गुरुङले बताउनु भयो । स्थानीय स्तरमा उत्पादन हुने फलफूल तथा बिशेष गरि साविक झार्लाङको आलु भण्डारण गर्ने लक्ष्यसहित निर्माण थालिएको चिस्यान केन्द्र हाल भुईँ ढलान र केही फलामे पिल्लरमै सीमित छ ।
करिब ३ करोड ११लाख लागतमा निर्माण सुरु भएको परियोजनाको हालसम्म करिब ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। २०८० सालमै सुरु गरिएको उक्त योजना २०८१ असार १३ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र