वासन्ती पालुवासँगै नयाँ परिवेशको सिर्जना भएको छ । निराशाबाट आशाको सञ्चार जागृत भएको वर्तमान परिवेश छ । अनेकौं अभावको पीडा सहेर भए पनि सुदूर सुन्दर संसारको परिकल्पनामा मुस्कुराउन लागेका मुहारमा लाली लाग्छ कि लाग्दैन भन्ने समयको पर्खाइ निरन्तर चलिरहेको वर्तमान परिवेश छ । विश्व वातावरण पनि अनेकौं उल्झनमा बहिरहेको परिवेशमा गर्नु र हुनुपर्ने धेरै कार्य र विषय छन् । एउटा सुन्दर मार्गको पर्खाइमा प्रतीक्षित यात्रुजस्तै भएर बाँचिरहेको परिवेशले निकै सुन्दर भविष्यको परिकल्पना गरेको छ । सुन्दर सपना बुनेको छ अनि नयाँ कार्यरम्भ गर्ने वतावरणको पर्खाइ गरिरहेको छ । यसैले अबको नेतृत्व कमाउन जानेभन्दा पनि केही दिनजाने प्रवृत्तिको होस् भन्ने भाव अन्तर्ध्वनित भएको पाइन्छ । लिएँ भन्दा पनि दिएँ भन्ने प्रवृत्तिको विकासँगै अबको गन्तव्य आत्मनिर्भरको बाटोमा अघिबढ्ने हुनुपर्दछ ।
पूर्वीय संस्कृति र सभ्यता विश्वमा नै सर्वप्राचीन मानिन्छ । ऋग्वेद सर्वप्राचीन ग्रन्थ हो । वेदमा मानव कल्याणका अनन्त उपायहरू छन् । आज ती ज्ञानको खोज अनुसन्धान र प्रयोगभन्दा पनि उपेक्षाको दृष्टिले हेर्ने प्रवृत्ति मौलाएको छ । जीवनदर्शन वेदको परम् उपलब्धि हो । यही ज्ञानको खोजसँगै प्रयोग गरेर पाश्चत्य मुलुका समृद्ध भए ।
एउटा बिरुवा बन्न सर्वप्रथम बीज नै सबल चाहिन्छ । सबल बीज भएपछि त्यसमा आवश्यक पर्ने मल जल आदि ऊर्जाले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । जसबाट नै एक सक्षमा रूखको निर्माण भएजस्तै व्यक्ति पनि सोही प्रक्रममा विकसित हुन्छ । संस्कृति, सभ्यता र विकासको मूल भनेको शिक्षा नै हो । जस्तो सिकेको छ त्यस्तै प्रयोगमा ल्याउने हो । यसैले अवको ध्यान मूलतः शिक्षमा हुनु आवश्यक छ । प्रथमिक तहदेखि नै सभ्य सुसंस्कृत बाटोमा हिँड्नसक्ने विद्यालयीय संरचनाबाट अघिबढ्नुपर्दछ । आजको बच्चाले जे जस्तो सिके भोलि त्यही जीवनमा प्रयोग गर्ने हुन् ।
आजको आवश्यकता धान्न सक्ने र आजको प्रविधिलाई पनि आत्साथ गर्ने जनशक्ति उत्पादन गर्ने स्वदेशीय सुगन्धसहितको प्राचीनदेखि अत्याधुनिक ज्ञान विज्ञानमा विभूषित हुनसक्ने शैक्षिक प्रणाली अबको प्रथमिकतामा हुनुपर्दछ । हाम्रा पाठ्यक्रम निर्माणदेखि प्रयोग सबैमा स्वदेशी लगानी हुनुपर्दछ । अनुदानबाट प्राप्त रकमले बनाइएका पाठ्यक्रमले स्वकीय माटोलाई देख्न सक्दैनन् । यसैले शिक्षाजगत्मा सर्वप्रथम आत्मनिर्भर हुनुपर्दछ र आत्मनिर्भर रहिरहने मार्गमा पनि अघि बढ्नुपर्ने देखिन्छ ।
अबको बाटो प्राच्यदेखि अत्याधुनिक प्रविधिसँग साक्षात्कार गर्नसक्ने हुनुपर्दछ । आजको उन्नत प्रविधिलाई आत्मसाथ गरी हाम्रा गूढतम रहस्यका विषयवस्तुलाई पनि तदनुकूल बनाउने बाटोमा अघि बढ्नु आवश्यक देखिन्छ । आजको एआईसँगै हाम्रा संस्कृति, सभ्यताका, ग्रन्थ परम्परालाई पनि जोड्न सकिन्छ । प्राच्य र आधुनिक विषय दुवैको मिहिन अध्ययन अनुसन्धानबाटै हाम्रो कल्याण सम्भव छ । आधुनिकताका नाममा स्वकीय अस्तित्व कदापि भुल्नु हुँदैन । किनकि हाम्रा पूर्खा ऋषि महर्षिले दिएका दिव्य ज्ञान नै आजको विज्ञानका जनक हुन् । हामीमा शास्त्र छन्, परम्परा छ, प्रयोगका उदाहरण छन् केवल अभ्यासको कमी छ । यसैले अवको मार्ग स्वकीय चिन्तनसहितको युगअनुकूल अभ्यास गर्नसक्ने हुनु आवश्यक छ ।
पूर्वीय संस्कृति र सभ्यता विश्वमै सर्वप्राचीन मानिन्छ । ऋग्वेद सर्वप्राचीन ग्रन्थ हो । वेदमा मानव कल्याणका अनन्त उपाय छन् । आज ती ज्ञानको खोज अनुसन्धान र प्रयोगभन्दा पनि उपेक्षाको दृष्टिले हेर्ने प्रवृत्ति मौलाएको छ । जीवनदर्शन वेदको परं उपलब्धि हो । यही ज्ञानको खोजसँगै प्रयोग गरेर पाश्चत्य मुलुका समृद्ध भए भने हामी कस्तुरी बोकेर स्वयं वासनामा भौतारिएको मृगजस्तै हुन पुगेका छौं । नैतिक हुनु कुनै आडम्बरको आगो ताप्नु होइन । नैतिकता भनेको सभ्यताको चिनारी हो । नीति कुनै रुढीवादीको रट्ने मन्त्र होइन । जीवन जगत्लाई सुन्दर बनाउने सूत्र हो । सत्यको मार्गमा लाग्न अभिप्रेरित गर्ने, धर्मको मार्गमा अघिबढ्ने, नैतिक मूल्य र मान्यताका आधारमा कार्य गर्नसक्ने हुनु हो ।
ऋषिमुनिको हजारौं वर्षको खोज अनुसन्धानबाट प्राप्त ज्ञान र विवेकलाई हामीले स्वीकार्न नसक्दा नै यो अस्थिर वृत्तिले राज गरेको हो । युग परिवर्तित छ, परिवर्तको सकारात्मक पक्षलाई सबैले स्वीकार्नुपर्छ । हिजोका नीति आज सबै अनुपयुक्त भएका होइनन् । त्यसको सही व्याख्या र प्रयोग गर्ने व्यक्तिको मात्र अभाव भएको हो । सुन कहिल्यै पुरानो हुँदैन । मैलिनु भिन्नै कुरा हो । सुन सुन नै हो आगोमा तताएर परीक्षण गर्न सकिन्छ । त्यस्तै नीतिवचनलाई उजिल्याउनेको आज खाँचो भएको छ । जीवन र जगत्को अनुभवजन्य ऋषि प्रणीत नैतिक शिक्षालाई आज पुनः प्रयोगमा ल्याउनु आवश्यक रहेको देखिन्छ । नैतिकवान् बन्नु सत्य निष्ठाको मार्गमा हिँड्नु हो ।
सभ्य र सुसंसकृत प्रवृत्तिको विकास हामी स्वयंबाट थालनी गर्नुपर्दछ । अरूलाई दोष दिने प्रवृत्तिभन्दा पनि आफ्नै कमजोरी केलाएर अघि बढ्ने प्रवृत्तिको विकास हाम्रा लागि आवश्यक देखिन्छ । नयाँपन त्यत्तिकै आउने होइन । निरन्तरको मिहिनेत, सुझबुझपूर्ण निर्णय र सही नीतिले तय गर्ने कुरा हुन् । यसैले यस्ता विषयमा पनि हामी निरन्तर लागिपर्न सक्नुपर्दछ ।
जीवनलाई सही ढंगमा अगाडि बढाएर इहलोकको आनन्दपूर्वक भुक्ति र परलोकको मुक्ति प्राप्त गर्न नै यस्ता विषयवस्तु आवश्यक हुन्छन् । वास्वमा नैतिक उपदेश जीवनको मार्गदर्शन हो । यसैले सुन्दर समाजरूपी राष्ट्र बनाउन सबैमा नैतिक चेतना हुनु आवश्यक छ । आजका विद्यालय तहदेखिका पाठ्यक्रममा लागू गर्नु र व्यवहारमा पनि सबैले अपनाउनु आवश्यक छ । सत्यं वद (सत्य बोल), धर्मं चर (धर्म मान), मातृदेवो भवः (आमालाई देवता समान मान), पितृदेवो भवः (बुबालाई देवता समान मान), अतिथि देवो भवः (अतिथिलाई देवतावत् व्यवहार गर) गुरु देवो भवः (गुरु देवता समान हुनुहुन्छ), स्वाध्ययन् मा प्रमद (आफ्नो अध्ययनलाई कहिल्यै छोड्नुहुँदैन) आदि हाम्रा आदर्श हन्, उपनिषद्का मार्गदर्शन हुन् । यस्ता वैदिक सूक्तिले मानव जीवनको सही मार्गनिर्देश गरिरहेका छन् ।
सभ्य र सुसंसकृत प्रवृत्तिको विकास हामी स्वयंबाट थालनी गर्नुपर्दछ । अरूलाई दोष दिने प्रवृत्तिभन्दा पनि आफ्नै कमजोरी केलाएर अघि बढ्ने प्रवृत्तिको विकास हाम्रा लागि आवश्यक देखिन्छ । नयाँपन त्यत्तिकै आउने होइन । विकासका मुहान आकाशबाट झर्ने होइन् । निरन्तरको मिहिनेत, सुझबुझपूर्ण निर्णय र सही नीतिले तय गर्ने कुरा हुन् । यसैले यस्ता विषयमा पनि हामी निरन्तर लागिपर्न सक्नुपर्दछ । गुणभित्र दोष र दोषभित्रको गुण पनि देख्न सक्नुपर्दछ । हरेक विषय एवम् वस्तुका गुण र दोष दुबै पक्ष हुन्छन् । आफ्ना पक्षका गुणमात्र र अरूको पक्षका दोषमात्र देख्ने प्रवृत्तिले जीवनमा उन्नति गर्न सकिँदैन । गुणभित्रको दोष र दोषभित्रको गुण केलाउन सक्नुपर्दछ ।
हरेक विषयवस्तुलाई समालोचनात्मक दृष्टिले हेर्न सक्नुपर्दछ । नराम्राभित्रको राम्रो पक्षलाई ग्रहण गर्न सक्नुपर्दछ । यसैगरी राम्रोभित्रको नराम्रो पक्षलाई त्याग्न सक्नुपर्दछ । एकपक्षीय दृष्टिले उन्नति असम्भव रहन्छ । प्रतिशोधको भावनाले मनमा अहंकारको आगो पैदा हुन्छ र स्वयंलाई जलाउने गर्दछ । प्रतिशोध त्यागी क्षमाशील हुनु पनि उन्नतिको मार्गमा लम्किनु हो । यसैगरी अर्को छोड्नु नहुने कुरा भनेको धैर्य हो । जीवनमा धैर्यधारण गर्न सक्नुपर्दछ । अस्थिर चित्तले गरिएका कार्यमा सफलता नमिल्न सक्ने सम्भावना रहन्छ । चित्तलाई स्थिर बनाई गरिएका कार्य अधिक प्रभावकारी हुन्छन् । चञ्चल वृत्तिले गरिएका कार्यले सही परिणाम दिन सक्दैनन् । फलस्वरूप उन्नतिका मार्गमा अवरोध आउने गर्दछ ।
अबको बाटो आफैँले खनेको हुनुपर्दछ । आफ्नै परिश्रमले पसिना बगाएको हुनुपर्दछ । हिजो, आज र भोलि तीन पक्षलाई जोड्नसक्ने सम्बन्ध सेतुका मार्ग अब आवश्यक देखिन्छ । मन, वचन र कर्मले ऐकीभूत भएर अघिबढ्ने प्रवृत्तिले नै अवको उन्नति सम्भव छ । स्वकीय चिन्त, स्वकीय सामर्थ्यबाट जागृत हुने अबको बाटो आवश्यक देखिन्छ ।







विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु