काठमाडौं । १०औँ संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग वैशाखमा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा वैशाख १० देखि १९ गतेसम्म हुने लिगमा पुरुषमा आठ र महिलामा ६ सहित १४ टोलीको सहभागीता रहने आयोजक नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै, उपविजेतालाई पाँच लाख र तेस्रो हुने टोलीलाई दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई ६० हजार र अन्य उत्कृष्टलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न एक करोड १५ लाख रुपैयाँ खर्च हुने पनि संघले जनाएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर