काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार काठमाडौंमा तय भएका दुवै खेल नतिजाविहीन भएका छन् । तल्लो मूलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब तथा माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीचको खेल वर्षाले पूरा हुन सकेन । शुक्रबार रातीदेखिको वर्षापछि भिजेको मैदान सुक्न नपाउँदै शनिबार पनि पटक-पटक वर्षा हुँदा ढिलो गरी टस भएको थियो ।
माथिल्लो मूलपानीमा २६ ओभरको खेल सुरु भएर गण्डकीले ब्याटिङ गर्दा फेरि वर्षा भएपछि २२ ओभरमा झारिएको थियो । १८ ओभरमा १०३-२ को अवस्थाबाट खेल अघि बढ्न सकेन ।
यस्तै, तल्लो मूलपानीमा २० ओभरको खेल तय भएको थियो । एपिएफ क्लबले ९.५ ओभरमा ८५-३ को अवस्थामा हुँदादेखि खेल अघि बढ्न सकेन ।
योसँगै दुवै खेलका चार टोलीले एक-एक अंक प्राप्त गरेका छन् । अंकतालिकामा नेपाल पुलिस क्लब चार खेलबाट पाँच अंक जोडेर शीर्षस्थानमा छ । तीन खेलमा पाँच अंक जोडेको आर्मी नेट रनरेटका आधारमा दोस्रोमा छ । एपिएफ तीन खेलमा तीन अंक जोडेर छैटौं स्थानमा छ भने तीन खेलमा एक अंकमात्र जोडेको गण्डकी प्रदेश पुछारमा छ ।
प्रतियोगितामा आज (आइतबार) बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब तथा एपिएफ क्लब र गण्डकी प्रदेश खेल्नेछन् ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर