काठमाडौँ ।नेपाल टेलिकम को मोबाइल डाटा तथा एफटीटीएच इन्टरनेट सेवा आज दिउँसो केही समय अवरुद्ध भएको छ। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा सेवा प्रभावित हुँदा ग्राहकहरूलाई असुविधा परेको थियो।
कम्पनीका अनुसार जावलाखेलस्थित कोर राउटरमा प्राविधिक समस्या उत्पन्न भई सिस्टम डाउन हुँदा सेवा अवरुद्ध भएको हो। उक्त समस्याका कारण मोबाइल डाटा र एफटीटीएच इन्टरनेट सेवा केही समय प्रभावित बनेको थियो।
हाल भने प्राविधिक टोलीले समस्या समाधान गरिसकेको र सेवा पूर्ण रूपमा पुनः सञ्चालनमा आइसकेको रबिन्द्र मानन्धरले जानकारी दिनुभएकाे छ ।
कम्पनीले सेवा अवरोधबाट ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमायाचना व्यक्त गर्दै आगामी दिनमा यस्ता समस्या नदोहोरिने र अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि