काठमाडौं । दराज नेपालले नयाँ वर्ष २०८३ लाई विशेष बनाउन ४.४ नव वर्ष उत्सव सार्वजनिक गरेको छ । सात प्रतिशतसम्म छुट, निःशुल्क होम डेलिभरी र ८३ लाख बराबरका भौचरसहितको सेल चैत २० देखि २७ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । उक्त उत्सवअन्तर्गत ग्राहकले विभिन्न क्याटेगरी र प्रमुख साझेदार ब्राण्डमा दैनिक फ्ल्यास सेलमार्फत् विशेष अफर प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार प्लाटिनम पार्टनर ब्राण्डहरूः चर्च एण्ड ड्वाइट, एंकर, होनसा, ब्राण्डहाउस, युनिलिबर र मिनिमलिस्टमा ६० प्रतिशतसम्म छुट, गोल्ड पार्टनर ब्राण्डहरूः फोरया र एक्सएजमा ६० प्रतिशतसम्म र सिल्भर पार्टनर ब्राण्डहरूः नाइक, फ्यानटेक र पिसेफमा ६५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । चार प्रमुख बैंकहरूसँगको सहकार्यअनुसार नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी बैंक र नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत र डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत छुट पाउनुका साथै इसेवा र खल्ती बाई आइएमई प्रयोगकर्ताका लागि विशेष ‘रश आवर’ अफरहरू पनि उपलब्ध हुने बताइएको छ ।
रोमाञ्चक पुरस्कारमा फिलिप्सको सहयोगमा १५ वटा साना होम अप्लायन्ससहितको प्रिमियम बन्डल, भिभो भी ७० स्मार्टफोन, बडी जिम एक्सरसाइज साइकल, मिर्याकल्स इण्डस्ट्रियल उडन डिस्प्ले र्याक, मिर्याकल्स सजिलो प्रिन्टर र्याक, स्टिलबर्ड हेल्मेट र एससिएस एसएण्डएक्स हेल्मेट ब्लुटुथ इन्टरकम समावेश छन् ।
न्यूनतम पाँच हजार रुपैयाँको खरिद गर्ने ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुन सक्ने पनि कम्पनीले जनाएको छ । दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले भन्नुभयो, ‘४.४ सेलले नेपालको डिजिटल व्यापार प्रणाली सुदृढ बनाउने हाम्रो निरन्तर प्रतिबद्धता प्रतिबिम्बित गर्छ । सशक्त ब्राण्ड साझेदारी, आकर्षक भुक्तानी अफरहरू र रोमाञ्चक पुरस्कारहरूको संयोजन गर्दै हामीले ग्राहकलाई नयाँ वर्ष २०८३ लाई स्वागत गर्ने तयारीमा एक समग्र र उत्कृष्ट किनमेल अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौं ।’







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…