कालीकाेट । कालीकोटमा बन्चरो प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाकाे नरहरिनाथ गाउँपालिका-३ का २९ वर्षीय काशिराम बुढाले २६ वर्षीया श्रीमती मनपुरा अधिकारी बुढाकाे टाउकाे प्रहार गरि हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कालीकोटकाअनुसार चैत १५ गते राति करिब १२:३० बजेको समयमा नरहरिनाथ गाउँपालिका–३ की २६ वर्षीय मनपुरा अधिकारी (बुढा) आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनकै श्रीमान काशीरामले आफ्नै श्रीमतीकाे टाउकोमा बन्चरो प्रहार गर्दा उनको मृत्यु भएको खुल्न आएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले काशीराम बुढालाई नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि