काठमाडौं । नयाँ वर्ष २०८३ का अवसरमा सेगवे ई ११० एलमा विशेष अफर घोषणा गरिएको छ । कम्पनीले उक्त मोडल पुनः स्टकमा ल्याउँदै दुर्ई लाख ८४ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध गराएको हो । अफरअन्तर्गत ग्राहकहरूले डिजिटल ट्याब, ब्राण्डेड हेल्मेट, स्कुटर कभर र टोट ब्याग पाउनेछन् । साथै एक वर्षको निःशुल्क वार्षिक मर्मत सेवा (एमसी) पनि समावेश गरिएको छ । सेगवेका लागि नेपालको आधिकारिक बिक्रेता आइहब प्रालिले पहिलो २५ ग्राहकका लागि आकर्षक ‘अर्ली बर्ड’ डिस्काउन्ट पनि घोषणा गरेको छ, जसअन्तर्गत ग्राहकले खरिद गर्ने मोडलअनुसार अधिकतम ४१ हजार रुपैयाँसम्म बचत गर्न सक्नेछन् ।
कम्पनीका अनुसार अफरमार्फत् सेगवे ई ११० एललाई दैनिक प्रयोगका लागि उपयुक्त स्कुटरका रूपमा प्रस्तुत गरिएको छ । जसमा २४ सय वाटको मोटर छ, जसले एक सय ५० न्युटन–मिटर टर्क दिन्छ र अधिकतम गति ६२ किलोमिटर प्रतिघण्टासम्म पुग्छ । जसले १५ डिग्रीभन्दा माथिका उकालाहरू पनि बिना खास कठिनाइ सजिलै सम्हाल्न सक्छ ।
स्कुटरमा आवश्यकताअनुसार तयार गरिएको ट्रेलोर्ड बुसलेस मोटर प्रयोग गरिएको छ । ७२ भोल्ट २४ एम्पियर-घण्टा क्षमताको लिथियम ब्याट्रीले एकपटक चार्जमा ६० देखि एक सय १० किलोमिटरसम्म चल्न सक्छ । साथै, २७ लिटरको बुट स्पेस र रिभर्स मोडले शहरभित्रको प्रयोगलाई अझ सहज बनाउँछ । राइडिङ अनुभव ध्यानमा राखेर स्कुटरमा हाइड्रोलिक स्प्रिङ ड्याम्पिङ सिस्टम राखिएको छ, जसले उबडखाबड सडकमा पनि आरामदायी यात्रा दिन्छ । एन्टी–स्किड ट्युबलेस टायर र डुअल डिस्क ब्रेकले राम्रो ग्रिप र कन्ट्रोल दिन्छ । एक सय ३० मिलिमिटर ग्राउण्ड क्लियरेन्स र बलियो फ्रेमका कारण स्कुटर विभिन्न सडक अवस्थाका लागि उपयुक्त बनेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि