काठमाडौं । नेपाल टेलिकमले निकट भविष्यमा थ्रिजी सेवा क्रमिक रूपमा बन्द गर्दै थ्रिजी सेवालाई फोरजीमा क्रमशः रूपान्तरण गर्ने कार्य अघि बढाएको छ । जसअनुसार थ्रिजी सिम प्रयोग गरिरहेका ग्राहकलाई सिम परिवर्तनका लागि भ्वाइस कल तथा एसएमएसमार्फत् जानकारी गराइएको कम्पनीले जनाएको छ । सम्बन्धित ग्राहकहरूले आफ्नो पुरानो सिमलाई फोरजी सिममा निःशुल्क रूपान्तरण गर्न सक्ने र त्यसका लागि ग्राहकले पायक पर्ने नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्न सकिने बताइएको छ ।
फोरजीमा परिवर्तन गर्न ग्राहकले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्रलगायत आफ्नो पहिचान खुल्ने कुनै आधिकारिक परिचयपत्रहरू देखाएर नयाँ फोरजी सिम लिन सकिनेछ । नेपाल टेलिकमले थ्रिजी प्रयोगकर्तालाई फोरजीमा रूपान्तरण गर्ने कार्यलाई तीव्रता दिइएको जनाएको छ । थ्रिजीभन्दा फोरजी प्रविधिको सिम चलाउँदा मोबाइल इन्टरनेटको गति र सेवाको गुणस्तरमा सुधार हुने भएकाले ग्राहकलाई फाइदा हुने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम