धादिङ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर सुरु भएको छ। धादिङमा २४ वटा परीक्षा केन्द्रबाट सहभागी विद्यार्थीहरूमध्ये पुरक तर्फ ८ सय जना र नियमित तर्फ ४ हजार २ सय ४६ जना गरी कुल ५ हजार ४६ जना विद्यार्थी परीक्षामा सहभागी हुनुभएको छ । यस्तै, प्राविधिक तर्फ पनि धादिङमा १ सय ८२ जना विद्यार्थी रहनुभएको छ । शिक्षा विकास तथा समन्वय इकाइ धादिङका सूचना अधिकारी चन्द्रिका मल्लले उक्त जानकारी दिनुभएको हो।
परीक्षा सञ्चालनका लागि २४ केन्द्राध्यक्ष, ३५ सहायक केन्द्राध्यक्ष, २ सय ५३ जना निरीक्षक तथा ३ सय ६० सुरक्षाकर्मी सहित कुल ८ सय २५ जना जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको सूचना अधिकारी मल्लले जानकारी दिनुभयो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष देशभरबाट ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी भएका छन्। तीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य रहेका छन्।
जापानको एभरेस्ट स्कुलसहित कुल १ हजार ९६६ परीक्षा केन्द्रमा एसईई सञ्चालन भइरहेको छ। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिँदैछन्।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी तथा सुरक्षाकर्मी गरी झण्डै ७३ हजार जनशक्ति परिचालन गरिएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ। परीक्षा आगामी २९ गते सम्पन्न हुनेछ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र