काठमाडौं । नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारबाट सुरु भएको छ । चैत २३ सम्म चल्ने निफमा हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी चलचित्र ‘माइ डटर्ज हेयर’ प्रदर्शन गर्दै निफ सुरु गरिएको हो ।
सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा भएको उद्घाटन समारोहमा नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’का निर्देशक प्रेम बस्नेत, वरिष्ठ नायिका चैत्यदेवी सिंह, निर्देशक समुद्र रेग्मीलगायत चलचित्रकर्मी कार्यक्रममा अतिथिका रुपमा सहभागी हुनुभएको थियो ।
ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोगले आफ्नो देशबाट छनोटमा परेका चलचित्रको कथाबारे पनि चर्चा गर्नुभएको थियो । बलिउड चलचित्र ‘शोले’का निर्देशक रमेश सिप्पीले एआईको वर्तमान समयमा चलचित्र महोत्सवबारे महत्वबारे आफ्नो धारणा राख्नुभएको थियो ।
निफमा ४० देशका ८८ वटा फिल्महरू प्रदर्शन गरिने तय भएको छ । ६ वटा चिनियाँ र चारवटा रुसी चलचित्र प्रतिस्पर्धाबाहिर रहेर विशेष प्रदर्शन गरिने आयोजकले बताएको छ ।







उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी
कानुनमन्त्रीलाई कारबाही गर्न राष्ट्रिय सभाका
ओमानलाई ८७ रनले हराउँदै नेपाल
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया
रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबार
बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी