कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको छ । २ सय २७ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता आफ्नै घरेलु मैदान इडेन गार्डेनमा १६ ओभर मात्र टिक्न सक्यो र १ सय ६१ रनमा अलआउट भयो ।
जारी सिजनमा हैदराबादको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा टोली रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएको थियो । यता कोलकाताको भने यो लगातार दोस्रो हार हो । कोलकाता पहिलो खेलमा मुम्बई इन्डियन्ससँग स्तब्ध भएको थियो ।
विशाल लक्ष्य पछ्याउने क्रममा कोलकाताले पहिलो ओभरमै २५ रन जोड्दै आक्रामक सुरुवात गरेको थियो । ओपनर फिन एलनले पहिलो ओभरमा ३ चौका र २ छक्का प्रहार गरे पनि दोस्रो ओभरमा २८ रन बनाउँदा आउट हुनुभयो । ७ बल खेल्नुभएका उहाँले कुल ४ चौका र २ छक्का प्रहार गर्नुभयो ।
कोलकाताका कप्तान एवं ओपनर अजिन्क्या रहानेले १० बलमा मात्र ८ रन जोड्नुभयो । मध्यक्रमका ब्याटर क्यामरन ग्रिन २ रनमा आउट हुनुभयो भने अंगकृष रघुवंशीले २९ बलमा ६ चौका र २ छक्कासहित ५२ रनको योगदान दिनुभए पनि टोलीलाई जिताउन सक्नुभएन । ग्रिन र रघुवंशी दुवै रनआउटको सिकार हुनुभएको थियो ।
हैदराबादका बलरहरूले कसिलो बलिङ गरेपछि कोलकाताको पारी सस्तैमा समेटियो र हैदराबादले प्रतियोगितामा पहिलो दुई अंक जोड्न सफल भयो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर