काठमाडाैं । सानैबाट हामीलाई सर्प भन्ने बितिकै ४ कोश टाढा भाग्न सिकाएको भएर होला सर्पबारे धेरै जसो मान्छेको मनमा एककिसिमकाे डर बसेको हुन्छ । सर्पसँगको हाम्रो डर जन्मजात नभएर धेरै पछाडि मात्र बिकास भएकाे कुरा हो ।
हुनपनि संसार भरी बर्सेनी १००० जना भन्दा बढीको ज्यान सर्पकाे टाेकाइकाे कारणले जाने गर्छ । अझै धेरै मान्छेहरुलाई त सबै सर्प विषालु हुन्छन् र टोक्ने बित्तिकै मरिन्छ भन्ने लागेकाे पाइन्छ । तर, संसार भरी पत्ता लागेका ३४०० भन्दा बढी सर्प मध्य करिब ७०० प्रजाति मात्रै विषालु हुन्छ । त्यसमा पनि कारीब २०० वटा सर्पमा मात्र मान्छेको ज्यान लिन सक्ने बिष हुन्छ । नेपालमा भने अहिले सम्म ८९ प्रजातिको सर्प अभिलेख भएका छन् । ती मध्ये १८ प्रजातिका सर्प मात्र मान्छेकाे ज्यान लिनसक्ने विष भएका हुन्छन ।
नेपालमा पाइने विषालु सर्पहहरू मध्ये किङ कोब्रा (राज गोमन) र ब्यन्डेड करेत (लक्ष्मी नाग) त संसारकै सबै भन्दा खतरनाक विष भएका सर्प मध्य पर्छन । तर यी दुवै सर्प निकै लजालु स्वभावका हुन्छन् र अरु सर्पहरु खाएर आफ्नो पेट पल्ने गर्छन । त्यही कारणले उनीहरू आफ्नो विष अनावश्यक रुपमा खेर फाल्न चाहँदैनन् र यी दुवै सर्पले टोकेर मान्छेको मृत्यु भएका घाटना निकै कम भेटिन्छन् ।
अझै केही प्रजातिका सर्पहरूले त विष खेर फाल्न नचाहेएर सुखा टोकाइ पनि गर्ने गर्छन् । हाम्रो पर्यावरणमा मुसा, भ्यागुता, छेपारा,चराहरूको पनि सङ्ख्या स्थिर राख्न सर्पहरूको निकै ठुलो भूमिका छ । नेपालमा समान्यतया पाइने विषालु सर्पहरु गोमन, करेत, हरेउ, बाघे सर्प आदी हुन् । खेती योग्य जमिनको अभाव, पानीको मुहानहरूमा फोहोर, सवारिसाधनहरूसँगको ठक्कर, मान्छेले देख्यो कि मार्ने प्रवृत्ति जस्ता घटनाहरुले सर्प संरक्षणमा समस्या आइरहेको छ ।
तस्बिर : दृष्टान्त बिडारी/ नेपाल फोटो लाइब्रेरी

















बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि