काठमाडाैं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले आफू पार्टीको कुनैपनि समूहमा नरहेको बताउनुभएको छ ।
नेता कोईराला संस्थापन इतर समूहमा रहेको समाचार संप्रेषण भईरहेका बेला उहाँले आफू पार्टीको कुनै पनि समूहमा नरहेको स्पष्टिकरण दिनुभएको हो । शनिवार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोईरालाले सामाजिक सञ्जालहरुमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति समेत जनाउनु भयो ।
उहाँले आफ्नो लक्ष्य काँग्रेसलाई एकढिक्का बनाउने जिकिर गर्दै त्यसका लागि अन्तिमसम्म पनि प्रयास गर्ने बताउनु भयो । काँग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने आफनो इच्छा रहेको नेता कोईरालाको भनाई थियो ।
उहाँले भन्नुभयो,‘नेपाली काँग्रेसलाई एकढिक्का बनाउनका लागि, नेपाली काँग्रेसलाई एक ठाउँमा ल्याउनका लागि म अन्त्यसम्म प्रयास गर्नेछु । त्यो तपाईहरु ढुक्क हुनुहोस् । म कुनै यो ग्रपमा, त्यो ग्रुपमा छैन । तपाईहरु स्पष्ट हुनुपर्यो यो कुरामा । मानिसहरुले, साथीहरुले यही कोठामा, यही हलमा भएका साथीहरुले पनि मेरो बारेमा धेरै कुराहरु लेखेको मैले देखेको छु । सामाजिक सञ्जाल हामी पनि हेर्छौ । हामी हर्दैनौ भन्ने होइन । हामी पनि बुझ्छौँ । तर जसरी प्रस्तुत गरिएको छ । मलाई चिन्ता छैन । मलाई जसले जति गाली गरे पनि हुन्छ । त्यसले मलाई केही पनि असर गर्दैंन । किनभने मेरो एउटै लक्ष्य छ-नेपाली काँग्रेसलाई एकढिक्का बनाएर फेरी हामीहरु पहिलो पार्टीको रुपमा प्रस्तुत हुने मेरो त्यत्ति मात्रै इच्छा हो । अरु मेरो केही इच्छा छैन ।’
त्यस अवसरमा काँग्रेस नेता कोइरालाले विपी कोइरालाको नाममा खोलिएको सो अस्पताललाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि त्यहाँबाट अवकाश पाएका चिकित्सकहरुको विशेष योगदान रहन सक्ने समेत बताउनु भयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि