काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार तारानाथ दाहालका पिता केदारनाथ दाहालको ९५ वर्षको उमेरमा शुक्रबार साँझ भक्तपुरको कौशलटारस्थित निवासमा निधन भएको छ । उहाँको शुक्रबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
विसं १९८९ असोज १८ गते जन्मनुभएका स्वर्गीय दाहाल शिक्षासेवी, समाजसेवी तथा स्थानीय राजनीतिमा सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँले तत्कालीन सिन्धुपाल्चोक जिल्लाको शिखरपुर गाउँपञ्चायतमा करिब १४ वर्ष उपप्रधानपञ्चका रूपमा सेवा गर्नुभएको थियो भने जिल्ला पञ्चायत सदस्यको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो ।
शिक्षा क्षेत्रमा उहाँको योगदान उल्लेखनीय रहेको छ । उहाँले मेलम्ची नगरपालिका-१० मा रहेको शीतलादेवी माध्यमिक विद्यालय स्थापना गरी स्थानीयस्तरमा शिक्षाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
स्वर्गीय दाहालका इन्द्रप्रसाद दाहाल, इन्द्रमणि दाहाल, दधिप्रसाद दाहाल, नुनप्रसाद दाहाल र तारानाथ दाहाललगायत पाँच छोरा तथा सरस्वती र अम्बिका गरी दुई छोरी हुनुहुन्छ । उहाँको निधनप्रति पत्रकार, सामाजिक तथा राजनीतिक क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् । हिमालय टाइम्स परिवार शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि