काठमाडाैं । दिनको सुरुवात बिहानीबाट हुने भएकाले हाम्रो दैनिकी पनि बिहानबाटै सुरु हुन्छ। सबैको चाहना हुन्छ-दिन राम्रो, सफल र सुखद रहोस् । त्यसैले दिनलाई शुभ बनाउन बिहानको अनुशासित सुरुवात अत्यन्त आवश्यक हुन्छ ।
बिहान सबेरै उठ्ने बानीले शरीरलाई फूर्तिलो बनाउँछ र दिनभरको आलस्यता घटाउँछ । राति समयमै सुत्ने र बिहान चाँडै उठ्ने मानिसहरू प्रायः सक्रिय र ऊर्जावान देखिन्छन्। त्यसैले सकेसम्म चाँडै उठेर आफ्नो दिनचर्या सुरु गर्नु उत्तम मानिन्छ ।
बिहानको समय पूजा, ध्यान, व्यायाम वा योगका लागि सबैभन्दा उपयुक्त हुन्छ । स्वच्छ हावामा गरिने हिँडाइ वा हल्का व्यायामले शरीरलाई ताजगी दिन्छ र मनलाई शान्त बनाउँछ। यसले दिनभर उत्साह र ऊर्जा कायम राख्न सहयोग पुर्याउँछ ।
बिहान ४ बजेदेखि ९ बजेसम्म शरीरको सक्रियता बढ्ने भएकाले यो समयलाई सही रूपमा उपयोग गर्न सके स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। नियमित व्यायाम वा योगले शरीरको क्षमता बढाउनुका साथै रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति पनि मजबुत बनाउँछ ।
यी सबैभन्दा महत्वपूर्ण कुरा भनेको सकारात्मक सोच हो। मानिसले जस्तो सोच राख्छ, उसको व्यवहार पनि त्यस्तै बन्ने गर्छ। त्यसैले बिहानैदेखि सकारात्मक सोच विकास गर्ने बानी बसाल्नुपर्छ ।
यसका लागि धार्मिक क्रियाकलाप नै आवश्यक छैन । आफूलाई मनपर्ने व्यक्तिसँग भेटघाट, सकारात्मक संवाद वा आत्मचिन्तनले पनि मनलाई सन्तुलित बनाउन सक्छ। साथै, रिस त्याग्ने संकल्प गर्नु पनि आवश्यक छ ।
यदि बिहानको सुरुवात सकारात्मक र अनुशासित भयो भने, तपाईँको हरेक दिन सफल, शान्त र खुशीपूर्ण बन्न सक्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि