काठमाडौं । ‘सन्धिकाल सामाजिक परिवर्तनका आधारभूमि’ नामक पुस्तक सार्वजनिक गरिएको छ । समाजशास्त्री लोकरञ्जन पराजुलीद्वारा लिखित उक्त कृति शनिबार एक कार्यक्रमबीच लोकार्पण गरिएको हो । लेखक पराजुलीले आफ्नो पुस्तक महेशराज पन्त, रक्षा बम र यादव अर्याललाई उपहार प्रदान गर्दै औपचारिक रूपमा सार्वजनिक गर्नुभएको थियो ।
पुस्तक लोकार्पण गर्दै लेखक पराजुलीले विसं २००७ सालको परिवर्तन आधुनिक नेपालको निर्माणपछिको सबैभन्दा महत्वपूर्ण मोड भएको बताउनुभयो । ‘२००७ पछि रैतीहरूलाई सार्वभौम नागरिकका रूपमा स्वीकार गरियो । बोल्न, पढ्न, लेख्न, छाप्न तथा संगठित हुन पाइने स्वतन्त्र वातावरण निर्माण भयो,’ उहाँले भन्नुभयो ।
लेखक पराजुलीका अनुसार विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भए पनि त्यसको आधार भने केही वर्षअघिदेखि तयार हुँदै आएको थियो । उहाँले विसं २००४ देखि २००७ सम्मको अवधिलाई ‘सन्धिकाल’ का रूपमा व्याख्या गर्नुभएको छ । पब्लिकेसन नेपाल यका सम्पादक विमल आचार्यले नेपालको प्रजातान्त्रिक यात्राको करिब ७५ वर्षअघिको इतिहासलाई पुस्तकमा समेटिएको जानकारी गराउनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि