भक्तपुर । लेखक एवं स्तम्भकार केशव दाहालको नयाँ उपन्यास ‘इथा’ लोकार्पण गरिएको छ । भक्तपुरको राधेराधेस्थित रोयल थाई हस्पिटालिटीमा शनिबार आयोजित समारोहमा पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रमको मुख्य आकर्षणमा शिल्पी थिएटरले उपन्यास ‘इथा’माथि तयार पारेको गीति नाटक रहेको थियो । यसमा कलाकारहरूले ‘इथा’ले उठाउन खोजेको विषयवस्तुलाई नाटकका माध्यमबाट प्रष्ट पारेका थिए ।
भूषिता वशिष्ठले इथालाई केवल ऐतिहासिक आख्यानका रूपमा सीमित नराखी पौरस्त्य दर्शनको दृष्टिबाट व्याख्या गर्नुभयो । इतिहास, संघर्ष र महिला स्वाभिमानको सशक्त अभिव्यक्ति ‘इथा’ रहेको उहाँको भनाइ थियो ।
वशिष्ठले विशेष गरी उपन्यासका महिला पात्रहरूलाई पौरस्त्य दर्शनको ‘शक्ति’ अवधारणासँग तुलना गर्दै उनीहरू केवल पात्र नभई प्रतीकका रूपमा उभिएका उल्लेख गर्नुभयो । ती महिलामा देखिएको साहस, विद्रोह र विनम्रता कुनै व्यक्तिगत गुणमात्र नभई व्यापक सांस्कृतिक चेतनाको रहेको उनले बताइन्, जसले पाठकलाई आफ्नो अस्तित्व र स्वतन्त्रताबारे पुनर्विचार गर्न प्रेरित गर्ने उहाँको भनाइ थियो ।
दाहालका ‘नेपाली राजनीतिको पुनर्गठन’, ‘मोक्षभूमि’ (माधवी ओ माधवी’ प्रकाशित छन् । मोक्षभूमिले २०७७ को पद्मश्री साहित्य पुरस्कार विजेता कृति हो । ‘इथा’लाई फाइन प्रिन्टले प्रकाशन गरेको हो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि